Advertisement
Advertisement
Advertisement
Advertisement

अभिभावककै कारण बालबालिकाको भविष्य बर्बाद हुँदै

  |      11:29:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २४, जाजरकोट ।  जाजरकोटमा एक हजार ५०० बालबालिका जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँका सातवटा स्थानीय तहबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार ६७४ बालक र ७०० बालिका जोखिममा परेको देखिएको हो । कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ । 

 

आमा, बाबाको न्यानो माया र शिक्षा अनि संस्कार सिक्ने उमेरमा बेवारिसे बन्दै जिन्दगी नै धरापमा परिरहेको अवस्थाले गर्दा निकै समस्या परेको सरोकारवाला निकायको भनाइ छ । यति मात्र कहाँ हो र कतै आर्थिक अभावका कारण बिरामीको शरीर निको नहुँदा पलपल मृत्युसँग बाँचिरहेका बालबालिकाको सङ्ख्या पनि ठूलो रहेको छ । 

 

जोखिममा परेका ती बालबालिका पढाइको साटो गिट्टी कुट्ने, भाँडा माझ्ने, गोठालो गर्नेलगायत कार्य गरेर जीवन निर्वाह गर्न बाध्य छन् । बारेकोट गाउँपालिकामा १६०, जुनिचाँदे गाउँपालिकामा ५५७, शिवालय गाउँपालिकामा ११८, छेडागाड नगरपालिकामा १६४, नलगाड नगरपालिकामा २३६, भेरी नगरपालिकामा २०६ र कुशे गाउँपालिकामा सय बालबालिका जोखिममा रहेको प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए । 

 

सबै स्थानीय तहका गाउँगाउँमा पुगेर तथ्याङ्क सङ्कलन गर्न नसकिएका कारण जोखिममा परेका बालबालिकाको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ । “गत आर्थिक वर्षमा जिल्लाबाट तीन दर्जन बालबालिका हराएकामा २७ जनाको उद्धार गरिएको थियो ।” गत आवमा हराएकामध्ये नौजना बालबालिका फेला नपरेको प्रजिअ बस्नेतले बताए । 

 

त्यस्तै जिल्लाबाट हराएका ३३ महिला अझै फेला नपरेको उनको भनाइ छ । अशक्त र जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना तथा आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको बजेट विनियोजन नगर्दा थप समस्या भएका नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement