Advertisement
Advertisement
Advertisement
Advertisement

अभावमा गुज्रदै हिंसापीडित उद्धार केन्द्र

  |      15:15:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २४, बागलुङ ।  हिंसापीडितलाई सेवा दिन खुलेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसी आफैँ थला परेको छ । 

 

धवलागिरि अञ्चल अस्पताल बागलुङमा विसं २०६८ मा खुलेको केन्द्र पूर्वाधार, जनशक्ति र बजेट अभावका कारण समस्यामा परेको हो । केन्द्रले हिंसापीडित व्यक्तिलाई निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्श जस्ता सेवा प्रदान गर्दै आएको थियो । 

 

लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पु¥याउँदै आएको केन्द्रलाई सुविधायुक्त बनाउने र गुणस्तर थप्ने विषयमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । अस्पतालका दुई वटा साँघुरा कोठामा सीमित बनेको केन्द्रको कार्यालय र बिरामी भर्ना गर्ने कोठा एउटै छ । 

 

एउटा कोठा मनोसामाजिक परामर्शका लागि प्रयोगमा छ । चौबिसै घण्टा सेवा दिनुपर्ने केन्द्र दुई जना जनशक्तिको भरमा चलेको छ । कार्यालय सहयोगीसमेत व्यवस्थापन हुन नसकेको केन्द्रका ‘फोकल पर्सन’ देवी भट्टराईले बताएकाछन् । 

 

भट्टराईलाई अस्पतालको प्रसूति लगाएतका अन्य सेवामा पनि कामको जिम्मेवारी छ । जनशक्तिको कमीले केन्द्रबाट सेवा पाएका बिरामी र हिंसापीडितलाई ‘फ्लोअप’ गर्न समस्या भएको छ । सीमित बजेटका कारण रातिमा आउने बिरामीलाई खानाको व्यवस्था हुन सकेको छैन । रातिमा आकस्मिक आउने बिरामीलाई चाउचाउ, बिस्कुट खुवाएर राख्ने गरिएको छ । केन्द्रमा दुई जना बिरामीलाई मात्र राख्न सक्ने क्षमता छ । 


अस्पतालको नयाँ भवन बनेपछि पूर्वाधारको समस्या हट्ने अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताए । केन्द्रमा एक जना पीडितलाई तीनदेखि पाँच दिनसम्म राखेर उपचार, कानूनी, मनोसामाजिक परामर्श लगायतका सेवा दिने गरिएको छ । यहाँ उपचार सम्भव नभएका बिरामीलाई मात्र पोखराको क्षेत्रीय अस्पतालमा रहेको ‘ओसिएमसी’ मा पठाउने गरिन्छ । 

 

पाँच सय जना लाभान्वित 
अञ्चल अस्पतालमा रहेको केन्द्रबाट विगत सात वर्षमा ५०० जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् । केन्द्रमा पाउने निःशुल्क उपचार, परामर्श सेवाले न्यायका लागि कानूनी बाटो समात्न समेत पीडितलाई सहज भएको छ । बढीजसो यौन, घरेलु हिंसा र मानसिक यातनाबाट पीडित व्यक्ति केन्द्रमा आउने गरेका छन् । 

 

केन्द्रका अनुसार बलात्कार, विषादी सेवन, आत्महत्याको प्रयास जस्ता घटना पनि केन्द्रमा उत्तिकै आउँछन् । केन्द्रबाट बागलुङसहित पर्वत, म्याग्दी र अन्य जिल्लाका समेत हिंसा पीडितले लाभ लिने गरेका छन् । लैङ्गिक हिंसाबाट पीडित र प्रभावितलाई एकै द्वारबाट उपचार, परामर्श सेवा दिने उद्देश्यले स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालहरुमा ‘ओसिएमसी’ सञ्चालनमा ल्याएको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement