Advertisement
Advertisement
Advertisement
Advertisement

अपाङ्गता भएका विद्यार्थीका लागि पहुँचयुक्त संरचना हस्तान्तरण

  |      12:45:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २६, काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गुह्येश्वरी मावि सिनामङ्गलको परिसरमा पहुँचयुक्त संरचना निर्माण गरी हस्तान्तरण गएिको छ । 

 

काठमाण्डौं महानगरपालिका–९ स्थित गुह्येश्वरी मावि परिसरभित्र पहुँचयुक्तता प्रवद्र्धन गर्ने डिजाइनअनुरुप प्रवेशद्वार, चमेना गृह, पुस्तकालय एवम् कक्षाकोठामा जाने बाटो, खानेपानीको धाराजस्ता संरचनालाई अपाङ्गता भएका व्यक्तिलगायत सबैले सहजै आवागमन तथा प्रयोग गर्न सक्ने संरचना निर्माण गरी सोमबार आयोजित एक कार्यक्रममा विद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो । 

 

यसैगरी परिसरभित्रै पहुँचयुक्त शौचालयको निर्माण तथा उपयुक्त स्थानमा छापा एवं ब्रेलमा समेत सङ्केत पाटीहरू राखिएको छ । शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले सोही विद्यालयमा अध्ययनरत ह्विलचियर प्रयोगकर्ता विद्यार्थी अनिता खत्रीलाई ¥याम्पमा हिँडाएर कार्यक्रमको उद्घाटन गरे । 

 

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी, काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख डिल्ली लुइँटेल, सिबिएमका प्रतिनिधि कृष्णबहादुर सुनारलगायतले निर्माण गरिएका संरचनाका कारण विद्यालयले अन्य विद्यार्थीसँगै अपाङ्गता भएका विद्यार्थीलाई समेत समेट्नुपर्नेमा जोड दिए । 

 

महासङ्घले सिबिएमसँगको साझेदारीमा सञ्चालित समावेशीताका लागि पहुँचयुक्तता परियोजनाले सार्वजनिक संरचनाको पहुँचयुक्तता परीक्षण गरी सुधारका उपाय सुझाउने तथा पहुँचयुक्त पूर्वाधार निर्माण गरी पूर्वाधारजन्य अवरोध हटाउने काममा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement