Advertisement
Advertisement
Advertisement
Advertisement

अपराध नियन्त्रणका लागि सिसी क्यामेरा जडान

  |      14:08:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २१, रोल्पा ।  रोल्पाको सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो । 

 

बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए। 

 

रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, विभिन्न बैंक र लेखापढी कानून व्यवसायी एशोसिएशनको संयुक्त लागतमा सदरमुकामका विभिन्न स्थानमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ । 

 

ती क्यामेरामध्ये ४ वटा चारैतिर घुम्ने र ६ वटा एकैतिर रहने खालका छन् । टुँडिखेल क्षेत्रमा , जनता बैंक अगाडि, लोकतान्त्रिक चोकमा , बीच बजारमा, पिपल चौतारामा सात्ताले खोलामा, शिवालय मन्दिरमा र जिल्ला प्रशासन कार्यालयको ढोकामा एक–एक वटा क्यामेरा रहेका छन् । 

 

जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताएकाछन् । 

 

ती क्यामेराका लागि उक्त नगरपालिकाबाट रू. सात लाख र अन्य निकायबाट रु. ११ लाख ६३ हजार व्यहोरिएको उनले जानकारी दिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement