भदौ २१, काठमाडौं । स्विट्जरल्यान्डकी अड्रे वेरोले डायमन्ड लिग फाइनलमा महिला ८०० मिटर दौडको उपाधि जितेकी छन्। शनिबार भएको फाइनलमा २२ वर्षीया वेरोले १ मिनेट ५४।७५ सेकेन्डको समय निकाल्दै नेदरल्यान्ड्सकी फेम्के ब्रुडर्स–बोललाई पछि पारिन्।
ब्रुडर्स–बोलले १ मिनेट ५४।८१ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरिन्। दुई खेलाडीबीचको अन्तर मात्र ०।०६ सेकेन्ड थियो।
वेरोले पछिल्लो समय महिला ८०० मिटरमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। यसअघि उनले लोजान डायमन्ड लिगमा पनि ८०० मिटर जितेकी थिइन्। त्यहाँ उनले १ मिनेट ५५।३३ सेकेन्डको समय निकालेकी थिइन्।
वेरोको पछिल्लो प्रदर्शनले महिला ८०० मिटरको ४३ वर्ष पुरानो विश्व कीर्तिमानसमेत चुनौती दिन सक्ने सम्भावना बढाएको च्भगतभचक ले उल्लेख गरेको छ।
यसै प्रतियोगितामा महिला १०० मिटर हर्डल्समा अमेरिकाकी मासाइ रसेलले १२।२० सेकेन्डको समय निकाल्दै जित हात पारिन् भने महिला १,५०० मिटरमा क्लाउडिया काजिमिएर्स्काले ३ मिनेट ५४।०५ सेकेन्डको व्यक्तिगत उत्कृष्ट प्रदर्शनसहित उपाधि जितिन्।