Advertisement
Advertisement
Advertisement
Advertisement

अझै स्टे्रचरमै बिरामी बोक्नुपर्ने बाध्यता

  |      00:00:00   |  
वेब तस्विर
वेब तस्विर
►मानदत्त रावल 
 
असोज १२, जुम्ला । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । 
 
भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्ट्रेचरमै बोकेर स्वास्थ्य संस्थामा पुर्याउने र ल्याउने गर्दै आएका छन् । 
 
ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने समस्या नौलो होइन, १ देखि ४ घण्टा पैदल हिँडेर स्वास्थ्य संस्था पुग्दासमेत यहाँका बासिन्दालाई उपचार पाउन कठिन भएको छ । 
 
पातारासी गाउँपालिका तल्लो लोर्प गाउँका कर्ण बोहोराकी छोरी अघिल्लो महिना बिरामी परिन् पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्स सञ्चालन नभएपछि स्ट्रेचर मै स्वास्थ्य चौकी उर्थु चौतारामा पुर्याउन उहाँ बाध्य हुनुभयो । दुई दिनको उपचारपछि स्ट्रेचरमै हिलाम्मे बाटो छिचोल्दै पुनः घर ल्याउनु परेको थियो । 
 
स्थानीय तहले थुप्रो राक खर्च गरी डोजर लगाएर सडक खने पनि स्ट्रेचरको विकल्प नहटेको यहाँका बासिन्दाको गुनासो छ । लाखौँ खर्च गरेर ल्याएको एम्बुलेन्सले यहाँका बासिन्दाकोे समस्या टार्न नसकेको गुनासो गर्दै स्थानीयवासी पूर्णबहादुर बुढाले भन्नुभयो, “कोही बिरामी पर्दा गाउँका युवा गुहार्नु पर्छ तर अधिकांश युवा कामका लागि विदेश र पढ्नका लागि जिल्ला बाहिर गएका कारण गाउँमा उनीहरूको उपस्थिति पातलो छ ।” 
 
उक्त गाउँपालिकालाई भारतीय दूतावासले उपलब्ध गराएको एम्बुलेन्स अहिले प्रयोगविहीन अवस्थामा छ । बिरामी मात्रै होइन दैनिक उपभोग्य वस्तु आयात गर्न पनि खच्चड प्रयोग गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । 
 
पातारासी गाउँपालिकाले भौतिक पूर्वाधारमा गत आर्थिक वर्षमा करोडौँ रकम खर्च गरिसकेको छ । उर्थुदेखि पेरेसम्मको सडकका लागि छुट्याइएको रु २५ लाख बजेटमा २३ लाख खर्च भइसकेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मी बोहोराका अनुसार वर्षाद्को पहिरोले सडक लथालिङ्ग बनायो, अहिले सवारी साधन बन्द छन् । अब वर्षा रोकिँदै गएकाले पहिरो पन्छाएर सवारी साधन सञ्चालन गर्ने तयारी भइरहेको छ । 
 
 
दिउँसै बन्द हुन्छन् स्वास्थ्य चौकी  
 
सरकारी कार्यालय १० देखि ५ बजेसम्म खोल्ने अनिवार्य नियम हो, तर जुम्लामा त्यो नियम लागू छैन । दिउँसै स्वास्थ्य संस्था बन्द हुने यहाँको परम्परा जस्तै छ । 
 
तिला गाउँपालिका–५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै पनि कार्यालय समयसम्म नखुल्ने ढिमकोटका गोर्ख शाहीले बताउनुभयो । कार्यालयमा एउटै मात्र कर्मचारी रहेका र ती पनि मन लागे कार्यालयमा आउने अरू बेला नआउने गरेको उहाँको भनाइ थियो । 
 
सदरमुकाममा रहेका स्वास्थ्य संस्थाको पनि हालत उस्तै छ । चन्दननाथ नगरपालिका–८ मा रहेको तलिउम स्वास्थ्य चौकी पनि १ बजेपछि दैनिक बन्द हुने गरेको स्थानीय सम्राट परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचारका लागि स्वास्थ्यकर्मी नै भेटिँदैनन, भेटिहालेमा कहिले औषधि अभाव, अहिले सम्बन्धित मान्छे हुनुहुन्न भन्ने गर्छन् । ” 
 
छिटै स्वास्थ्य चौकी बन्द हुने गरेपछि आम नागरिक पनि २ बजेपछि स्वास्थ्य संस्थामा उपचारका लागि नआउने गरेको नागरिक अगुवा शोभाकर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले अनिवार्य ५ बजेसम्म कार्यालय वा स्वास्थ्य संस्था खोल्ने निर्देशन त गरेको छ तर उक्त निर्देशनलाई लत्याउदै २ नबज्दै स्वास्थ्य चौकीका ढोका बन्द गर्ने गर्दछन् ।” 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement