Advertisement
Advertisement
Advertisement
Advertisement

अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने

  |      14:47:00   |  
अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने

फागुन २२, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो ।
 

एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ ।
 

एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने जानकारी दिए ।सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट हुने राईले बताए ।

यस बारे विस्तृत विवरण र खेलतालिका केही समयमा सार्वजनिक हुने राईले जानकारी दिए । एन्फाले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघ सहआयोजकका रुपमा रहनेछन् ।

सोमबार सातै प्रदेश फुटबल एशोसिएसनसँग छलफल गरेपछि एन्फाले प्रतियोगिता गर्ने मिति तय गरेको हो । आगामी मे-जुनमा हुने मुख्य लिगमा पहिलो चरणबाट छनोट भएका ३ र तीन विभागीय टोली गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एन्फाले सहभागी टोलीलाई आवश्यक तयारी र टिम छनोटका लागि नगद एक लाख प्रदान गर्ने निर्णय गरेको छ । यस्तै कर्णाली खेलकुद विकास समितिबाट पनि आर्थिक सहयोग माग्ने निर्णय गरेको छ । कर्णाली खेलकुद विकास परिषद्ले प्रतियोगिताको लागि समन्वय गर्ने एन्फाले जनाएको छ ।

यसैगरी एन्फाले च्यासलमा रहेको च्यासल रंगशालमा महिला युथ इलाइट एकेडेमी स्थापना गर्ने निर्णय पनि गरेको छ । जहाँ महिला यू(१६ टिमका खेलाडी र टिममा नपरेका अन्य खेलाडीहरु छनोट गरेर राखिने एन्फा महासचिव किरण राईले जानकारी दिए । ‘मिसन फिफा वुमन्स विश्वकप २०२७र३१ को तयारी स्वरुप यो एकेडेमी स्थापना गर्न लागिएको हो । यो राष्ट्रिय टिमको ब्याकअफ तयार पार्ने स्थान पनि हुनेछ,’ राईले भने । त्यसमा ३० देखि ४० खेलाडी छनोट गरेर राख्ने राईले जानकारी दिए ।

यस्तै रौतहटमा पनि महिला एकेडेमी सञ्चालन गर्ने त्यसमा यू१४ लेभलको ३० खेलाडी राख्ने एन्फाको योजना छ । यस्तै एन्फाले धरान, बुटवल र मकवानपुरको सिस्नेरीस्थित बात्सला देवी सेकेण्डरी स्कुलमा पुरुष फुटबल सञ्चालन गर्ने विषयमा पनि छलफल गरेको छ । हरेक एकेडेमीमा करिब ३० खेलाडी राख्ने एन्फाको योजना छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement