Advertisement
Advertisement
Advertisement
Advertisement

बालश्रमविरुद्धको गुरुयोजना पारित

  |      11:37:00   |  
वेब तस्विर
वेब तस्विर

असार २५, काठमाडौ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ । 

 

गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ । 

 

गुरुयोजनाअनुसार घरेलु बालश्रम, बाल भरिया, कृषि बालश्रम, लागूपदार्थ संकलन तथा बेचबिखन, बुनाई बालश्रम, इँटाभट्टाको बालश्रम, खानी क्षेत्रको बालश्रम, मनोरञ्जन क्षेत्रको बालश्रम ९यौन शोषण समेत, यातायातका क्षेत्रको बालश्रम, जरी तथा बुट्टा भराई, छिमेकी देशमा पलायन भएको बालश्रम, यान्त्रिक वा रसायनिक क्षेत्रमा काम गर्ने बालश्रम, माग्ने काम गरिरहेका बालश्रम, सडक व्यापारमा संलग्न बालश्रम, जडीबुटी संकलन गर्ने बालश्रम, भौतिक पूर्वाधार क्षेत्रको बालश्रम तथा होटल रेष्टुराँको बालश्रमलाई जगन्य अपराध मानिएको छ । 

 

गुरुयोजनाले बालश्रम निवारणसँग सम्बन्धित नीति, कानून र संथागत संरचनाको पुनरावलोकन गर्ने, बालश्रम निवारणसँग सम्बद्ध सरोकारवालाको क्षमता अभिवृद्धिका कार्यक्रममार्फत सवल एवं अनुकूल वातावरण सिर्जना गर्ने, बालश्रममा परेकालाई बालबालिकाको नियमित अनुगमन, उद्धार, पुनःस्थापना र खोजी गरी प्रत्यक्ष लक्षित कार्यक्रममार्फत समाजमा पुनःस्थापना गर्ने र बालश्रमको जोखिममा परेका बालबालिकाको परिवारका लागि रोकथाममूलक कार्यक्रम तथा आवश्यक सहयोग उपलब्ध गराउने र सरोकारवालाबीच सहकार्य, समन्वय र सञ्जाल स्थापना एवं सञ्चालन गर्ने रणनीतिसमेत ल्याएको छ । 

 

यसले संघीय तह, स्थानीय तह, प्रदेश तह, नागरिक समाज तथा गैरसरकारी संस्था, सञ्चार तथा सूचना प्रविधि, व्यावसायिक तथा निजी क्षेत्र र ट्रेड युनियनलाई जिम्मेवार निकायका रुपमा उभ्याएको छ । 

 

नेपालमा सम्पूर्ण प्रकारका बालश्रम उन्मूलन गर्नु यसको प्रमुख उद्देश्य हो । साथै विसं २०७९ मा निकृष्ट प्रकारको तथा शोषणयुक्त बालश्रम निवारण र २०८२ सम्ममा सबै प्रकारको बालश्रम निवारण गर्ने उद्देश्यसमेत राखेको छ । 

 

सो गुरुयोजनाका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पहल गरेका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement