Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिकाको समग्र विकासका लागि कानून ल्याइँदै

  |      20:45:00   |  
बालबालिकाको समग्र विकासका लागि कानून ल्याइँदै

भदौ २९, काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बालबालिकाको समग्र विकासका लागि जतिसक्दो चाँडो कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ । 

 

राष्ट्रिय बाल दिवस–२०७४ का अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री कोइरालाले ऐनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा छलफल अगाडि बढाइएको र त्यसलाई छिट्टै संसद्मा पठाइने जानकारी दिनुभयो । 

 

मन्त्री कोइरालाले बाल विवाहलगायत बालबालिकामाथि हुने सबै प्रकारका कुरीति तथा विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना आवश्यक भएको बताउनुभयो । 

 

महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति रञ्जु कुमारी झाले समाज कल्याण परिषद्मा सुधार गर्न नयाँ ऐन ल्याउन जरुरी भएको बताउनुभयो । 

 

कार्यक्रममा जिल्ला बालकल्याण समितिमा कार्यरत केबी राना मगर (बाग्लुङ), कैलाश ठाकुृर (नवलपरासी), मेघराज भट्ट (प्यूठान), रामनाथ भट्टराई (तनहुँ), पार्वती अधिकारी (धादिङ), बद्रीप्रसाद लम्साल (मकवानपुर), रामप्रसाद सुवेदी (कञ्चनपुर), लालबहादुर ओली (बाजुरा), प्रकाश अधिकारी (इलाम), लुमनाथ लामिछाने (गोरखा), भोलानाथ योगी (दाङ), रामबहादुर हायु(सिन्धुली) र शेरसिंह खड्का (कैलाली)लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो  । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement