भदौ ४, काठमाडौं । काठमाडौको शान्तिनगरस्थित बाग्मती पुलमाथि सडकमा पैदलयात्रीको सिक्री लुटेर भाग्ने एक जना पक्राउ परेका छन् ।
लुटपाट गर्ने भक्तपुर ठिमी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–४ का ३३ वर्षीय दिपक हमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
सडकमा हिँडिरहेकी काठमाडौ सुविधानगर बस्ने कैलालीको हसनपुर–८ की ३१ वर्षीया रोशनी अवस्थीलाई आँखामा खुर्सानीको धुलो हाली हमालले घाँटीमा लगाएको करीव १।५ तोलाको सुनको सिक्री लुटी भागेका थिए ।
उनी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त वानेश्वरको प्रहरीले हमाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । रातोपाटीमा प्रकाशित