मंसिर १८, काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकासे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् ।
महानगरको सार्वजनिक निजी साझेदारी एकाइका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकासे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल मर्मत गर्नुपर्ने बताएकी हुन् ।
‘आकासे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बार अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ,’ डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ । यी बार पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदैन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नु ।’
महानगरका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराएका थिए ।
असार ५, काठमाडौं । कर्णाली सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रदेश...
जेठ २९, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाका लागि निस्शुल्क एक्बुलेन्स सेवा...
जेठ २५,काठमाडौं ।भारतको सिमानामा पर्ने दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनताको...
जेठ २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन...
जेठ २२, काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका...
जेठ १८, काठमाडौं । भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । चार दिने भारत...
जेठ १७, काठमाडौं । तर संविधान अनुसार, नागरिकता ऐन संशोधन नहुँदा त्यस्ता नागरिकका सन्ततिले...
जेठ १७,काठमाडौं । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम...
जेठ १७, काठमाडौं ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त...