Advertisement
Advertisement
Advertisement
Advertisement

अग्निपीडितलाई आमा समूहले बाँडे राहत

  |      21:34:00   |  
 अग्निपीडितलाई आमा समूहले बाँडे राहत

बेसीशहर। साउन ७ गते रातीको १२ बजे अकस्मात आगलागी हुँदा क्षति भएका ३ ओटा पसलका अग्निपीडितहरुलाई राहत स्वरुप आर्थिक रकम सहयोग गरिएको छ । बेसीशहर नगरपालिका वडा नं। ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण रुपमा क्षति भएका थिए ।

तत्कालका लागि स्थानीय जनचेतना आमा समुहको नेतृत्वमा हाइस्कुल चोक र मनाङे चौतारा टोल बासीको सक्रीयतामा सहयोग रकम संकलन गरी पिडितहरुलाई हस्तान्तरण गरीएको छ । जनचेतना आमा समूहको नेतृत्वमा संकलन भएको १ लाख २३ हजार ८ सय ४० रुपैयाँ रकम मंगलबार एक कार्यक्रमकाबीच पीडितहरुलाई हस्तान्तरण गरिएको छ ।

संकलीत रकमलाई क्षतीको आधारमा सहयोग गरीएको स्थानीय बलराम खत्रीले बताए । उनका अनुसार बिना अधिकारी र रामबहादुर विकलाई ५४र५४ हजार रुपैयाँ र कृष्ण कुमारीलाई १५ हजार रुपैयाँको दरले सहयोग गरीएको छ । जनचेतना आमा समुहको अध्यक्ष मीना रावलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरीएको थियो । दुख बिपद् पर्दा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग रकम संकलन गरेको अध्यक्ष रावलले बताए । 
 

त्यसैगरी, लमजुङ उद्योग वाणिज्य संघको महिला उद्यमी समुहले पीडितहरुलाई सहयोग गरेको छ । महिला उद्यमी समुहको नेतृत्वमा संकलन भएको ५३ हजार रुपैयाँ रकम पनि बिना अधिकारी र राम बहादुर विकलाई एकमुष्ट २१ हजार ५ सय र कृष्णकुमारी बिक लाई १० हजार रुपैयाँ सहयोग गरिएको अध्यक्ष इन्दु न्यौपानेले बताइन् ।  नयाँ पत्रिका 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement