Advertisement
Advertisement
Advertisement
Advertisement

तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम

  |      11:02:00   |  
Symbolic Image
Symbolic Image

मङ्सिर १०, रुपन्देही । तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीलाई क्याल्सियम नियमित खान सिफारिश गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ ।

नगरपालिकाको सो निर्णयपछि अब तिलोत्तमाका सबै गर्भवतीले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हाड तथा मानसिक विकासका लागि क्याल्सियम आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् । आमाको गर्भबाटै शिशुले आवश्यक पोषक तत्व पाउन सकून् भन्ने उद्देश्यले गर्भवतीलाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । “कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौँ, आवश्यक प्रक्रियापछि सबै गर्भवतीले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत निःशुल्क क्याल्सियम पाउनुहुनेछ”, नगरप्रमुख घिमिरेले भन्नुभयो ।
 
नगरपालिकाका १० सरकारी स्वास्थ्य संस्थामार्फत वार्षिक तीन हजार बढी महिलाले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनै पनि शिशु पोषकतत्वका अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा रुक्सना हकले क्याल्सियमले गर्भवतीमा ढाड दुख्ने, हाड खिइनेजस्ता समस्यालाई पनि कम गर्ने बताउनुभयो ।

नगरपालिकाले सङ्घीय सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवासुविधाको अतिरिक्त प्रसूति केन्द्रमा सुत्केरी सेवा लिनेलाई रु ५०० प्रोत्साहन भत्तासमेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनुभयो । तिलोत्तमाका सेमराबजार र आनन्दवन स्वास्थ्यचौकीमा प्रसूति केन्द्र छन् । सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने योजनानुरुप चालू आवमा तिलोत्तमामा थप पाँच वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement