Advertisement
Advertisement
Advertisement
Advertisement

रुकुमपश्चिमका १७० आमालाई कुखुरा वितरण

  |      18:53:00   |  
वेब तस्विर
वेब तस्विर

जेठ १७, रुकुमपश्चिम ।  आमा र बच्चाको स्वास्थ्यका लागि जिल्लाको चौरजहारी नगरपालिकाका १७० आमालाई कुखुरा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको साझेदारीमा नगरका चार वडाका १७० सुनौला हजार दिनका आमाहरुलाई पोथी कुखुरा प्रदान गरिएको हो । आमा र बच्चाको पोषणका लागि वडा नं १, २, ३ र ८ का ती  आमालाई पोषणको व्यवस्थाका लागि छ हप्ताका कुखुरा वितरण गरिएको बहुक्षेत्रीय पोषण योजनाका पोषण सहजकर्ता ज्ञानु गौतमले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार रू दुई लाखमा ८०० कुखुरा खरीद गरी वडा नं १, २ र ८ का १२० आमालाई पाँच वटाका दरले र वडा नं ३ का ५० आमालाई चार वटाका दरले कुखुरा वितरण गरिएको थियो । ती कुखुरा  किन्नका लागि आवश्यक रू दुई लाखमध्ये बहुक्षेत्रीय पोषण योजनाले रू  एक लाख ५० हजार र नगरपालिकाले  रू ५० हजार उपलब्ध गराएको थियो । 

 

बच्चाको अधिकांश वृद्धि विकास सुनौला हजार दिनमै हुने र यसका लागि पर्याप्त पोषिला खानेकुराको आवश्यकता पर्ने भएकाले अण्डाका लागि आमाहरुलाई कुखुरा वितरण गरिएको उहाँले बताउनुभयो । उक्त कुखुरा अण्डा दिने अवस्थामा रहेको बताइएको छ । नियमित अण्डा सेवनबाट आमा र बच्चाका लागि  न्यूनतम पोषण उपलब्ध हुने विश्वास गरिएको छ । यो समयमा पोषिला खानेकुरा नखाँदा आमा र बच्चाको स्वास्थ्यमा विभिन्न समस्या आउने पोषण सहकर्ता गौतमको भनाइ थियो । वडाध्यक्षको संयोजकत्व तथा प्रत्येक वडामा रहेका खाद्य सुरक्षा तथा पोषण समन्वय समितिको सिफारिशमा नगरपालिकाका १४ वडामध्ये अन्य वडाका आमाहरुलाई अघिल्लो वर्षदेखि कखुरा वितरण गर्र्न थालिएको हो  । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement