काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेकी छिन् । प्रधानन्यायाधीश कार्कीबीच के विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीलाई भेट्न पुगेकी हुन् त्यो भने खुलाइएको छैन । तर राष्ट्रपति भण्डारीको स्वकिय सचिवालयको सदस्य दीपा शर्माका अनुसार प्रधानन्यायाधीश कार्की कानुन दिवसको निमन्त्रणा दिन राष्ट्रपति कार्यलय गएकी हुन् ।
सत्तारुढ दल कंग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियोग दर्ता गराएपछि निलम्बित भएकी प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतले महाअभियोग रोक्न अन्तरिम आदेश दिएसंगै गत शुक्रबारबाटै काममा फर्किएकी थिइन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीले आउँदो जेठ २४ गते उमेरहदका कारण अवकाश पाउँदै छिन् ।