फागुन २४, हेटौँडा । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले महिलाप्रति हुने सामाजिक विभेदअझै यथावत् नै रहेकाले त्यसप्रतिको सोच र दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ ।
अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा उहाँले महिलाको हक अधिकारका लागि सरकारी र गैरसरकारी संस्थाले हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सामाजिक विकासमन्त्री युवराज दुलालले महिलाको हकहित र अधिकारका लागि सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महिलामाथिको भेदभाव र हिंसा रोक्न सरकारको प्रयास मात्रैले नपुग्ने भएकाले समाजका हरेक वर्गलाई सहयोग गर्न अनुरोधसमेत गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय निकायका जनप्रतिनिधि, बिभिन्न राजनीतिक दल, सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो ।
यसैबीच गैरसरकारी सङ्घ संस्थाअन्तर्गत मानवअधिकार संरक्षण तथा मानवअधिकार बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरले नारी दिवसका अवसरमा अन्तक्र्रिया तथा गीति नाटक कार्यक्रम आयोजना गरेको छ ।