Advertisement
Advertisement
Advertisement
Advertisement

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

  |      20:36:00   |  
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीका विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद मिन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतसहितका सांसदहरुले आइतबार संसद सचिवालय पुगेर महाअभियोग दर्ता गरेका हुन् ।

महाअभियोग प्रस्तावमा कांग्रेस र माओवादीका २४९ सांसदले हस्ताक्षर गरेका छन् । प्रधानन्यायाधी कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको, कार्यविधि र कानुनको पालना नगरेको आरोप लगाइएको छ ।

यस्तै कार्कीले न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको, शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको, सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको, न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको आरोप लगाइएको छ । महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै अभियोग लागेका ओहोदाधारी आफ्नो पदबाट स्वतः निलम्बन हुने कानुनी प्रावधान छ ।

यता एमालेले भने प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भ्रष्टाचारबाट उम्कन महाअभियोग ल्याएको आरोप लगाएको छ ।

एमाले सचिव योगेश भट्टराईले कार्की विरुद्धको महाअभियोगको भर्त्सना गर्दै सत्तारुढ पार्टीले संसदको अधिकारलाई दुरुपयोग गरेको बताउनुभएको छ । उहाँले कार्की योग्य, निडर र क्षमतावान रहेको बताउँदै सरकारले आम नेपाली महिलामाथि नै अपमान गरेको बताउनुभएको छ ।

यस्तै उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले सत्तारुढ कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाएकोमा असन्तुष्टि जनाउनुभएको छ ।
महाअभियोग दर्ता भएलगत्तै ट्विट गर्दै थापाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।  उहाँले महाअभियोग न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको बताउनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement