Advertisement
Advertisement
Advertisement
Advertisement

मञ्जुश्रीको मूर्तिले कीर्तिपुरको शोभा बढायो

  |      15:03:00   |  
वेब तस्विर
वेब तस्विर

►नारायण ढुङ्गाना 

मङ्सिर २५, काठमाडौं । कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण पर्यटकसमेत आकर्षित भएका छन् । 

 

निर्माण सम्पन्न नहुँदै मञ्जुश्री पार्कमा पुग्ने जो कोही उक्त प्रतिमा मूर्तिमा पुगेर सामूहिक तस्वीर खिचाउने र सेल्फीमा रमाउने गर्न थालेका छन् । “पार्कमा अन्तरिक पर्यटकको त भीड नै हुन्छ अझै प्रतिमाले थप आकर्षण बढाएको छ”, प्रतिमा निर्माण समितिक संयोजक सुजिन्द्र महर्जन भन्नुहुन्छ, “अब थप पर्यटक बढ्ने विश्वास लिएका छौँ ।” 

 

चोभार आफैँमा पर्यटकीय क्षेत्र हो । राजधानी काठमाडाँैको केन्द्रबाट करीब सात किलोमिटर दक्षिण पश्चिम कीर्तिपुर नगरपालिका–४ स्थित चोभारबाट वरिपरिको सुन्दर दृश्यसहित वागमती नदी पनि देख्न सकिन्छ । यहाँ जलविनायक र आदिनाथको मन्दिर पनि छ । धार्मिक र पर्यटकीय महत्वको अनुपम सङ्गम रहेको चोभारबाट मौसम सफा हुँदा विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत देखिन्छ । 

 

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक कर्ण महर्जन चोभार ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्वको ठाउँ भएको बताउनुहुन्छ । पहिले काठमाडौँ उपत्यकामा दह थियो । चीनबाट तीर्थयात्रामा आएका मञ्जुश्रीले चन्द्रहङ्स खड्गले डाँडो काटेर पानी पठाएकाले काठमाडौं बस्नयोग्य भूमि भयो भन्ने कथा इतिहासमा उल्लेख भएकाले सोही कुरालाई अनुशरण मञ्जुश्रीको मूर्तिको स्थापनाले चोभारको महत्व बढाएको हो । 

 

जल विनायक सामुदायिक वन उपभोक्ता समूहको पहलमा स्थानीय समुदाय र भक्तजनको सहयोगमा बनाइएको उक्त प्रतिमाका लागि अहिलेसम्म रु दुई करोड खर्च भइसकेको र यो काम पूरा गर्न थप करीब रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । 

 

तेह्र टुक्रा ढुङ्गा जोडेर खोकनाका कलाकार चन्द्रमान डङ्गोलले प्रतिमा बनाउनुभएको हो । दुईदेखि १३ टनसम्मको ढुङ्गालाई मूर्तिको आकारमा ढालिएको छ । ढुङ्गाको बीचमा प्वाल खोपेर रडसमेत राखिएको छ । यस कार्यका लागि आठ कालीगढले करीब छ वर्ष लगाइसेका छन् । तीन वर्षसम्म लगातार आफ्नै कार्यथलोमा ढुङ्गा कुँदेका र बाँकी काम चोभारमै गरिएको उहाँ बताउनुहुन्छ । 

 

शिरको मुकुट सात चुच्चोको छ । पाँचवटा चुल्ठो हालिएको छ । दायाँ हातमाथि खड्ग, बायाँ प्राज्ञ पारमिता ९पुस्तक०, बोध्याङग्र मुद्रा ९ज्ञान० दिँदै गरेको दृष्य मूर्तिमा अङ्कित छ । शुद्धताको प्रतीक कमलको फूलमाथि रहेको प्रतिमा हेर्दा सुन्दर देखिन्छ । 

 

पारिश्रमिकका लागि वन समितिले खर्च नभएको बताएपछि डङ्गोलले आफ्नो लाग्ने पारिश्रमिक भने नलिने बताउनुभएको छ । करीब ७०० वर्ष अघि बनेको बूढानीलकण्ठमा रहेको मूर्तिपछि यति ठूलो बनेको मूर्ति यही भएको जिकिर डङ्गोलको छ । जमीनदेखि ३३ फिट उचाइको यो मूर्तिको भागमात्रै २५ फिट छ । 

 

मूर्ति अनुमानित ६० टनको भएको जिकिर गर्नुभएका उहाँ मूर्तिको आधारमा सिमेन्टको जडान भएकाले त्यसकोे आयु सकिएपछि मूर्तिको हालत के होला भन्ने चिन्तामा हुनुहुन्छ । यसका लागि ल्याइएका धेरै ढुङ्गा विभिन्न अवरोधले फर्पिङमै अड्किएको छ । 

 

अनुहार निकाल्न सकस 

फर्पिङको खार्पाको कोरा ढुङ्गा ३० टनसम्मको थियो । मञ्जुश्रीको अनुहार निकाल्न पनि ठूलै चुनौती बन्यो । “प्रस्तरकला हेर्नेमध्ये कसैले नेपाली शैलीको भयो भने, कसैले चिनियाँ शैलीको भयो भने । त्यो मिश्रित प्रतिक्रियाले ठिकै बनाइएछ भन्ने लाग्या छ, खुशी पनि छु ।” डङ्गोल भन्नुुहन्छ । मन्जुश्रीको अनुहार निकाल्न मात्रै उहाँलाई दुई महीना लागेको थियो । उक्त प्रतिमा बनाउन उहाँले अग्रज रवीन्द्र ज्यापु, नरेन्द्रमान बज्राचार्य, सत्यमेहन जोशीलगायतसँग सल्लाह पनि लिनुभएको थियो । 

 

महिला की पुरुष ?

निर्माण शुरु गर्दा उहाँमा एउटा अच्चम्मको प्रश्न उब्जियो । मञ्जुश्री पुरुष हो की महिला । पहिचान गर्न नै निकै समय लागेकाले कलाकार डङ्गोलले विभिन्न अग्रजसँग छलफल गर्नुभयो । बुझ्दै जाँदा चीनबाट नेपाल आउने क्रममा वरदा र मोक्षदा साथमा आएको कथन रहेकाले मञ्जुश्री केटा नै हो भन्ने निश्चित गरेर पुरुषको आकृति बनाइएको उहाँ सुनाउनुहुन्छ । 

 

अन्य प्रस्तर कला एउटै सेपमा बन्छ तर मञ्जुश्रीको मूर्तिमा विभिन्न अङ्ग र रङ छुट्टिने गरी फरकफरक प्रस्तरकला यहाँ देख्न पाइन्छ । यो कला उहाँले चीनमा गएर सिक्नुभएको हो । “त्यहाँ पढ्दा प्रस्तरकलामा कपडा, छाला, कपाल छुट्टियाइएकाले, मैले पनि किन गर्न नसक्ने भनेर नयाँ तरिकाले मूर्ति बनाएको हुँ।” 

 

धनकुटाबाट यहाँ घुम्न आउनुभएका उपेन्द्र खनाल मञ्जुश्रीको मूर्ति यहाँको सबैभन्दा सुन्दर पक्ष रहेको भन्दै चोभारको पर्यटन विकासमा यसबाट ठूलो सहयोग पुग्ने बताउनुहुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement