Advertisement
Advertisement
Advertisement
Advertisement

‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत ९६ छोरीको बैंकमा खाता

  |      17:07:00   |  
Symbolic Image
Symbolic Image

पुस ११,लम्की । कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको शुरु गरेपछि साउनयता ९६ जना छोरीको बैंक खाता खोलिएको हो । 

नगरपालिकाले कार्यविधि बनाएर साउनदेखि यो कार्यक्रम लागू गरेपछि अभिभावकसमेत खुशी भएका छन् । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ निर्माण गरेको छ । गएको साउन १७ गते बसेको नगरसभाले कार्यविधि स्वीकृत गरेपछि त्यहीअनुसार काम गरिरहेको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल बताउनुहुन्छ। “बालविवाह न्यूनीकरणका साथै समाजमा छोरीको महत्व बुझाउन यो कार्यक्रम सहयोगी बन्नेछ”, नगर प्रमुख रावलले भन्नुभयो, “यहाँ अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन्, बालविवाह गर्नेको सङ्ख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौँ ।”

उहाँ यो कार्यक्रमले जन्मिने बित्तिकै छोरीको जन्मदर्ता बन्ने भएकाले उसको जन्मने बित्तिकै अधिकार स्थापित हुने बताउनुभयो । “जन्मदर्ता बन्छ, छोरी र नगरपालिकाको नाममा संयुक्त खाता खोलिन्छ”, रावलले भन्नुभयो, “२० वर्षपछि विवाह गर्ने छोरीलाई मात्र वार्षिक रु एक हजारका दरले एकमुष्ट २० हजार नगरपालिकाले दिनेछ । यसले छोरीको सम्मान र समाजमा महत्व बढाउँछ ।”

कार्यविधिमा आर्थिक वर्ष २०७६/७७ को साउन १ गतेदेखि जन्मिएका बालिकाको हकमा मात्र यो कार्यविधि आकर्षित हुने र टीकापुर नगरपालिकाको स्थायी बासिन्दा भई सम्बन्धित वडाको सिफारिस भएको हुनुपर्ने उल्लेख गरिएको छ । मङ्सिर मसान्तसम्म कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिकाको कार्यालयमा साउनयता जन्मिएका ९६ छोरीहरूको दर्ता भएको टीकापुर नगरपालिका महिला बालबालिका उपशाखा संयोजक सङ्गीता शाहले जानकारी दिनुभयो ।“आजभोलि छोरी जन्मने बित्तिकै अभिभावक जन्मदर्ता गर्न आउँछन्”, शाहले भन्नुभयो, “विगतमा आवश्यक परेमात्रै जन्मदर्ता गर्ने चलन थियो, यो कार्यक्रमले समयमै घटना दर्ता गर्ने बानीको समेत विकास भएको छ ।”

नगरपालिकामा दर्ता भएका छोरीहरुको नाममा खाता खोली नगरपालिकाले प्रत्येक वर्ष रु एक/एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्छ । यो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले छोरीहरुको नाममा खाता खोली रकम जम्मा गरी दिन थालेपछि अभिभावक खुशी भएका छन् । टीकापुर–३ की रेश्मा शाहकी छोरी भदौमा जन्मिइन्, जन्मेको २० दिनमा छोरीको जन्मदर्ता गराइयो । अब वार्षिक रु एक/एक हजार नगरपालिकाले राखिदिने भएको छ । “म निकै खुशी छु, छोरीप्रति सरकारले सम्मान गरेको छ”, शाहले भन्नुभयो, “छोरीप्रतिको विभेद घटाउन यस्तै कार्यक्रम गर्न आवश्यक छ ।”

सन् २०३० सम्ममा राष्ट्रिय परिभाषाअनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाको अनुपात कम्तीमा आधाले घटाउने दिगो विकासको लक्ष्यमा भनिएको छ । त्यो लक्ष्य पूरा गर्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले सहयोग गर्ने जनप्रतिनिधिको विश्वास छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement