Advertisement
Advertisement
Advertisement
Advertisement

‘फरक आयाम’ले जुटायो मेचीका साहित्यकारलाई

  |      11:58:00   |  
‘फरक आयाम’ले जुटायो मेचीका साहित्यकारलाई

असोज ६, इलाम । साहित्य क्षेत्रमा क्रियाशील इलामको ‘फरक आयाम’ नामक संस्थाले सदरमुकाममा बिहीबार साहित्य वाचन समापन गरेको छ । 

 

कार्यक्रममा मेची अञ्चलका पुराना अनि नयाँ सर्जकहरुले एकै मञ्चमा उभिएर गीत, गजल तथा कविता वाचन गरेका थिए । माया पिरती, देश प्रेम, हाँसो र आँशुका कुरा अनि समसामयिक विषयमा सर्जकहरुले साहित्य प्रस्तुुत गरेका थिए । 

 

स्रष्टाले हृदयस्पर्शी साहित्य प्रस्तुुत गरिरहँदा जिल्ला समन्वय समिति इलामको सभाहल तालीले गुञ्जयमान हुन्थ्यो, झनै मायापिरतीका कुरा उठाउँदा हुटिङ थपिन्थ्यो । नयाँ पुस्ताका सर्जकले बढी मायापिरतीका कुरा उठाउँथे । पुराना स्रष्टाले विशेषतः समसामयिक कुरालाई जोड दिएर साहित्य पस्किएको आभास हुन्थ्यो । नयाँ स्रष्टालाई ठूलो पाठ सिक्ने थलोका रुपमा सो कार्यक्रमलाई लिन सकिन्थ्यो । 

 

साहित्य वाचनमा झापाका केशव आचार्य, पाँचथरका धर्मेन्द्र नेम्वाङ, इलाम चुलाचुलीका सुन्दर कुरुप, झापाकै मेचीपुत्रले साहित्य प्रस्तुत गरेका थिए। 

 

सो कार्यक्रममा इलामका विमल वैद्य, डा देवी क्षेत्री दुलाल, प्रकाश थाम्सुहाङ, वसन्त थाम्सुहाङ, अभागी थेगुवा, महेन्द्र विरही, सोम निरौला, शिशिर भट्टराई, भरत ढुंगाना, टीका ढुंगाना, प्रतिभा पौडेल, लता पौडेललगायत डेढ दर्जनभन्दा बढी साहित्यानुरागीले साहित्य प्रस्तुत गरेका थिए । 

 

फरक आयामका संयोजक महेन्द्र विरहीको अध्यक्षता तथा साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

पछिल्लो समयमा फरक आयामले जिल्लामा साहित्यसम्बन्धी छलफल, बहस तथा साहित्यिक जमघट गर्दै आएको छ । यस संस्थामा जिल्लाका नयाँ तथा पुराना सर्जक अटाएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement