Advertisement
Advertisement
Advertisement
Advertisement

‘उच्च शिक्षा मेला’ मा युवाको घुइँचो

  |      10:28:00   |  
‘उच्च शिक्षा मेला’ मा युवाको घुइँचो

काठमाडौँ। ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित शनिबारदेखि काठमाडौँमा ‘ नेपाल उच्च शिक्षा मेला’ सुरु भएको छ । 

 

राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना भएको सो मेलाको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्दै उच्च शिक्षाको गुणस्तरलाई सुधार गर्न सरकार प्रयाशरत रहेको र त्यसमा सफलता नजिक रहेको बताउनुभयो । 

 

उहाँले उच्च शिक्षाका लागि विदेशको पढाइ मात्रै राम्रो भन्ने भ्रमलाई चिर्दै नेपालको पढाइ पनि उत्कृष्ट छ भन्ने सन्देश दिन नेपालका विश्वविद्यालय र कलेजले थप मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । 

 

यस्तो मेला सरकार र विश्वविद्यालय आफैँले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उहाँले निजी क्षेत्रबाट भए पनि प्रयास सुरु भएकोमा यसको सराहना गर्नुभयो ।

 

मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी रहेको आयोजक एजुकेशन डटकमका निर्देशक तारामान रावलले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार मेलामा अध्यापन गर्ने विषय, शुल्क, छात्रवृत्ति, परामर्श लगायतका सेवा प्रदान गरिने छ । 

 

नेपालका कलेजले पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सक्षम रहेको तथा विद्यार्थीलाई स्वदेशमा नै शिक्षा लिनुपर्ने सन्देशका साथ मेला आयोजना गरेको उहाँको भनाइ छ । 

 

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजले मेलामा सहभागिता जनाएका छन् । ती विश्वविद्यालयबाट सञ्चालित स्नातक र स्नातकोत्तर तहको पढाइबारे जानकारी गराइने आयोजकले बताएका छन् । 

 

विशेष गरी बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिटिटिएम, बिबिएम, बिएचसिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सीसिएसआइटी, बिडेभ्सलगायत कोर्ष पढ्न चाहनेले मेलाबाट लाभान्वित हुनेछन् । 

 

विद्यार्थीलाई मात्र नभई अभिभावकलाई समेत परामर्श दिने व्यवस्था मिलाइएको छ । मेलामा स्नातक र स्नाकोत्तरमा विभिन्न विषय पढ्नका लागि जानकारी र परामर्श लिने युवाको बाक्लो उपस्थिति रहेको छ । आजसम्म चल्ने मेलामा निःशुल्क प्रवेश दिने व्यवस्था छ । रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement