Advertisement
Advertisement
Advertisement
Advertisement

८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरघरमै

  |      18:29:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २८, खस्यौली । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । 


बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गर्नुभयो । 


घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए । “वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लाग्यो”, वडा नं १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भन्नुभयो । 


खातुनजस्तै चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ लाई उहाँहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको वडाध्यक्ष लिगलले जानकारी दिनुभयो । 


त्यस अवसरमा जनप्रतिनिधि, वडाध्यक्ष लिगलसहित मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता हस्तान्तरण गर्नुभएको थियो । यो वडामा हाल २३८ ले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यतालाई जनप्रतिनिधि आएपछि सजिलो बनाइदिएको ज्येष्ठ नागरिक शीतल गुभाजुले भन्नुभयो, “हामीलाई घरमै सरकार आएजस्तो भयो ।” 


बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । 


वडा कार्यालय निर्माण 

बुटवल उपमहानगरपालिकाको वडा नं ५ को सुविधासम्पन्न वडा कार्यालय निर्माण भएको छ । बुटवल–५, हाटबजारस्थित वडा कार्यालय भवनको शुभारम्भ कार्यक्रममा नगरप्रमुख शिवराज सुवेदीले सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाह गर्न वडाका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिनुभयो । 


उहाँले बेथितिका विरुद्ध खबरदारी गरिरहन आग्रह गर्दै वडा कार्यालयलाई सेवा केन्द्रसरहको बनाउने तयारी भइरहेको बताउनुभयो । रु ३५ लाख २० हजार १४९ बराबरको लागतमा वडा कार्यालय भवन निर्माण भएको वडाध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । वडा कार्यालय भवन हाटबजार क्षेत्रमा रहेको व्यावसायिक सटर घरको माथि व्यवस्थित तला थप गरेर निर्माण गरिएको छ । 


वडा नं ५ ले भवन उद्घाटनकै अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । तेक्वान्दो खेलाडी राजिवसिंह क्षेत्री, उपभोक्ता समितिका कृष्णबहादुर विक, सचेतना कार्यक्रम सञ्चालन गरेको भन्दै राधाकृष्ण युवा क्लबका सुमित खनाल, ज्येष्ठ नागरिक ९१ वर्षीय शोभाखर गैरे, सचेतना अभियान सञ्चालन गर्ने महिलाको तर्फबाट शान्तिश्री महिला समूहका अध्यक्ष खेमकुमारी राना, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष वेदप्रकाश ज्ञवालीलाई सम्मान गरिएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement