Advertisement
Advertisement
Advertisement
Advertisement

४८ जिल्ला पूर्ण खोप सुनिश्चित

  |      11:59:00   |  
वेब तस्विर
वेब तस्विर

असार २६, रोल्पा ।  रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।   सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वस्थ नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गरेका छन् । 

 

पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 

 

जिल्लामा खोप ९५ प्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको स्वीकृतिमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुशील आचार्यले बताए । 

 

रोल्पासहित ४७ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भइसकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि वसन्त श्रेष्ठले जानकारी दिए । सन् २०१८ भित्र देशका ७७ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसक्ने बताइएको छ । 

 

बागलुङ– बागलुङ पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।  सोमबार राष्ट्रिय खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य विभाग, बाल स्वास्थ्य महाशाखा, खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले उक्त घोषणा गर्दै खोपकै कारण बाल तथा मातृ मृत्युदर घटेको बताए । 

 


गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, प्रदेशसभाका सदस्य, स्थानीय निकायका जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुख लगायतले पूर्ण खोप सुनिश्चित जिल्लाको रुपमा निरन्तर कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । 

 

जिल्लाका सबै बालबालिकाले जन्मेदेखि १५ महिनाको उमेरभित्र पाउनुपर्ने ११ प्रकारका खोप पाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । यही असार १५ गतेसम्म जिल्लाका कूल ९ हजार ८७५ बालबालिका खोपको पहुँचमा आएका छन् । पन्ध्र महिनाको उमेरभित्र लगाउनुपर्ने खोप बालबालिकाले २३ महिनासम्ममा पूर्णरुपमा पाउने गरेका छन् । 

 

घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले आगामी दिनमा पनि पूर्ण खोपको सुनिश्चिता गर्न सम्बद्ध सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले पूर्ण खोपको सुनिश्चितता कायम राख्न सबै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखेका छन् । 

 

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले खोपलगायत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहमा पुगेको  बताएका छन् । अपांगता हुने दर पनि पछिल्लो समय घटेको उनको भनाइ छ । उनले भने, “एउटा बच्चाको खोपका लागि राज्यले रु ३० हजार लगानी गरेको छ ।” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले खोपसँगै नागरिकलाई प्रदान गरिने सबै स्वास्थ्य सेवाप्रति नगरपालिका संवेदनशील रहेको बताएका छन् । 

 

जिल्ला खोप समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले खोप कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न अनुगमन र सर्वेक्षणलाई थप सशक्त पारिने उल्लेख गरेका छन् । यसअघि जिल्लाका नौ स्थानीय तहले छुट्टाछुट्टै रुपमा पूर्ण खोपयुक्त घोषणा गरेका थिए । बागलुङसँगै देशका ४८ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । 

 

लहान–सिरहाको लहानलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । लहान नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सो घोषणा गरेको हो । 

 

नगरपालिका क्षेत्र १ देखि २४ वटै वडाका सम्पूर्ण खोप लगाउने उमेर समूहका बालबालिकाले खोप पाएसँगै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जानकारी दिएका छन् । 

 

नगर प्रमुख मुनी शाहको अध्यक्षतामा आयोजित घोषणासभामा प्रदेशसभा सदस्य लगनलाल चौधरीले पूर्ण खोप घोषणासँगै बालबालिकालाई नियमित खोप लगाउने चुनौती बढेको बताए । सो अवसरमा पूर्ण खोप घोषणा गराउन योगदान गरेवापत स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरिएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement