Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

  |      11:10:00   |  
स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

भदौ २४, बैतडी। घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । 

 

जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । तीन वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढी नै छ। 

 

जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार आव २०७१/७२ बैतडीमा कूल गर्भवतीको ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी भएकामा आव २०७२/७३ मा बढेर ६६ प्रतिशत पुगेको छ । 

 

यस्तै आव २०७३/७४ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ । आव २०७३/७४ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नाको मुख्य कारण दोहोरो बसाइ रहेको पब्लिक हेल्थ नर्स जोशीले बताउनुभयो । बैतडीका अधिकांश मानिसको बसाइ तराई अर्थात् कैलाली कञ्चनपुरमा छ । 

 

आव २०७१/७२ मा पाँच हजार १०२ जना गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा आएकामा तीन हजार ६१८ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । आव २०७२/७३ मा गर्भवतीको संख्या पाँच हजार ५० रहेकामा तीन हजार ९६८ स्वास्थ्य संस्थामा सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

 

आव २०७३/७४ मा पाँच हजार ४८४ गर्भवतीले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराएकामा तीन हजार ९०० मात्रै बैतडीका स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्यांक रहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement