Advertisement
Advertisement
Advertisement
Advertisement

स्तनपान र पोषण कक्ष स्थापना

  |      19:07:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २८, रुकुम (पूर्व) । सिस्ने गाउँपालिकाले आफ्नो कार्यालयमा स्तनपान र पोषण कक्ष निर्माण गरेको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण गरेको हो । 


कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा गाउँपालिकासम्म पुग्ने सुत्केरीले आफ्नो शिशुलाई सहजरुपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान र पोषण कक्ष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । विशेष गरी गर्भवती महिला, सुत्केरी र दुई वर्षमुनिका शिशुलाई केन्द्रित गरेर स्तनपान र पोषण कक्ष स्थापना गरिएको हो । 


गाउँपालिका कार्यालयको एउटा कोठामा स्तनपान कक्ष र पोषण कक्ष स्थापना गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । पोषण कक्षमा गेँडागुडी, फलफूल राखिनुका साथै सन्देशमूलक जानकारी पनि राखिएको छ । पोषण कक्ष स्थापना भएपछि गाउँपालिकामा आउने सेवाग्राही आमा र बच्चा दुवैलाई सहयोग पुग्ने अध्यक्ष बरालले बताउनुभयो । 

 

स्तनपान कक्षमा बच्चा सुताउन शिशुखाट र स्तनपान गराउनका लागि आरामदायी सोफासेट राखिएको छ । स्तनपान प्रभावकारीसम्बन्धी सन्देशसहितका सामग्री पनि स्तनपान कक्षमा राखिएको छ । करीब रु एक लाखको लागतमा स्तनपान र पोषण कक्षको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । रु ७५ हजारको लागतमा स्तनपान कक्ष र रु २५ हजारमा पोषण कक्ष स्थापना गरिएको हो । 

 

‘हरेक बार खाना चार’ भन्ने नारालाई प्रत्येकको घरघरमा पु¥याउँछौँ, अध्यक्ष बरालले भन्नुभयो, “यहाँका महिला र बच्चाको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउँछौँ ।” सबैभन्दा पहिले आफ्नै कार्यालयमा स्तनपान कक्ष निर्माण गरेको सिस्ने गाउँपालिकाले विस्तारै सबै सरकारी कार्यालयमा पनि स्तनपान कक्ष निर्माण गर्ने योजना बनाएको उहाँको भनाइ छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement