Advertisement
Advertisement
Advertisement
Advertisement

स्क्रब टाइफसबाट चितवनमा थप एकको मृत्यु, १३३ जना संक्रमित

  |      14:31:00   |  
स्क्रब टाइफसबाट चितवनमा थप एकको मृत्यु, १३३ जना संक्रमित

भदौ १५, चितवन।  चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । 

 

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको हो । 

 

उक्त अस्पतालबाट प्राप्त प्रतिवेदनबारे जानकारी दिँदै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन ९ गते उपचारका लागि अस्पताल ल्याइएकी उनको भदौ १० गते मृत्यु भएको जानकारी गराए । 

 

योसँगै जिल्लामा साउन यता स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुवै मृतक नवलपरासी घर भई चितवनमा उपचार गरिएका महिला हुन् । 

 

नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको साउन २२ गते उपचार कै क्रममा नारायणी सामुदायिक अस्पतालमा मृत्यु भएको थियो । 

 

जिल्लामा चालु आवमा ४९७ जनाको परीक्षणमा १३३ जनामा स्क्रब टाइफस रोग पाइएको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ । 

 

भरतपुर अस्पतालमा ४०, बकुलहर रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा ३१, नारायणी सामुदायिक अस्पतालमा ४२, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक तथा निजी ल्याबमा १३ जनामा टाइफस रोग देखिएको कार्यालयले जनाएको छ । तीमध्ये दुईजनाको मृत्यु भएको छ । 

 

माइट नामको एक प्रकारको सुक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ । 

 

यसरी ज्वरो आउने बित्तिकै चिकित्सकको निगरानीमा औषधि लिन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा परीक्षणका लागि सरकारबाट कीटसमेत आइसकेको कार्यालयले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement