Advertisement
Advertisement
Advertisement
Advertisement

सुन्तली धुर्मुसलाई जापानबाट २८ लाख सहयोग : चौथो बस्ती निर्माणको घोषणा

  |      00:00:00   |  
सुन्तली धुर्मुसलाई जापानबाट २८ लाख सहयोग : चौथो बस्ती निर्माणको घोषणा

जापान। एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सूर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे। जापानमा रहेका सयौं नेपालीले एकै स्थानमा भेला भएर उनीहरुको अभिनन्दन गर्दा माहोल साँच्चै भावुक बनेको थियो। अनि कार्यक्रममा सहभागी हरेक नेपालीले भावुक मुद्रामा पुनः निर्माण महा अभियानका धुर्मुस र सुन्तलीलाई अभिनन्दन गरे।
 

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे‘ सुन्तली’ ले गरेका सामाजिक कार्यका लागि सहयोग गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो। आयोजकले एउटै स्टेजमा दुईवटा कार्यक्रम सम्पन्न गरेको छ।
 

‘धुर्मुस–सुन्तली साँझ २०१७’ जापानमा भव्य रुपमा सम्पन्न भएको छ। नेपालीका प्रिय कलाकारद्वय धुर्मुस र सुन्तली ले आफ्नो अभिभावकका रुपमा मान्दै आएका चर्चित प्रस्तोता दिनेश डिसी, चर्चित पप गायक दिपक बज्राचार्य र हास्य कलाकार बांगे बाको समेत कार्यक्रममा बेजोड प्रस्तुति रहेको थियो।
आयोजकका अनुसार ‘धुर्मुस–सुन्तली साँझ’ र च्यारिटी डिनर कार्यक्रम सहित जापानबाट फाउण्डेशनका लागि २८ लाख ६० हजार ८ सय ८६ नेपाली रुपैयाँ ९३१ लाख ५४ हजार २ सय ४ जापानी येन० सहयोग संकलन भएको थियो।

 

रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिएको छ। कार्यक्रमको आयोजक संस्था सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकबाट उठेको १४ लाख ३० हजार २ येन बराबरको रकम सिटी एक्सप्रेसको तर्फबाट अध्यक्ष महेश श्रेष्ठले कार्यक्रम हलमै डवल गर्ने घोषणा गरेका थिए। हलमा दर्शक र सिटी एक्सप्रेसको गरी २८ लाख ६० हजार ४ येन संकलन भएको हो। कार्यक्रममा करिब सयको हाराहारीमा स्वयंसेवक परिचालन गरिएको थियो भने अभिनन्दनका लागि सयौं नेपाली झण्डा वितरण समेत गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक हरी सापकोटाले जानकारी दिए।
 

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भुवन भट्टको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सुरु गरिएको थियो। सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका सल्लाहकार जिज्ञानकुमार थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहनसिंह घले, सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठ, सनराईज कर्पोरेशनका प्रवन्ध निदेशक हरी सापकोटा, जेनिथ रेमिटका प्रवन्ध निर्देशक नविन निउरे लगायतले कलाकारहरुलाई खादा ओढाएर अभिनन्दन गरेका थिए।
 

कार्यक्रमबाटै धुर्मुस–सुन्तलीले हिमाल, पहाड र तराई जोड्ने एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई तिब्रता दिने बताए। धुर्मुस सुन्तलीले तीना बस्ती सफलता पूर्वक सम्पन्न गरिसकेको छ। भूकम्प गएको केही समय देखिनै लगातार सामाजिक कार्यका सक्रिय हुदै आएको यो जोडीले काभ्रेको डाँडा गाउँमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा गिरान्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवास २ मा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ। धुर्मसले अब फेरि नयाँ बस्ती बनाउने घोषणा गरेका छन्। यद्यपी बस्ती कहाँ र कसरी बनाउने भन्ने प्रष्ट पारेनन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement