Advertisement
Advertisement
Advertisement
Advertisement

सीप सिकेर आत्मनिर्भर बन्दै पाल्पा रामपुरका महिला

  |      14:04:00   |  
सीप सिकेर आत्मनिर्भर बन्दै पाल्पा रामपुरका महिला

भदौ १५, पाल्पा । सधै घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । 

 

दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका रामपुरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएका हुन् । सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउनेलगायतका विभिन्न सीपले आत्मनिर्भर बनाएको छ । 

दाम पनि हुने र फुर्सदको समय सदुपयोग हुने भएपछि उनीहरुले सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउने पेशा अंगालेका छन् । यस व्यवसायमा फुर्सदिला, अन्य व्यवसाय, शिक्षण संस्थामा कमै आबद्ध भएका महिला संलग्न छन् । 

 

विगत दश वर्षदेखि रामपुरको बेझाड बजारमा ब्युटिपार्लर सञ्चालन गर्दै आउनुभएकी सुलोमी ब्युटी पार्लरकी सुष्मा रानाले यस व्यवसायबाट राम्रो कमाइ गर्न सफल हुनुभएको छ । उहाँले दुईसय भन्दा बढी महिलालाई ब्युटिपार्लरसम्बन्धी तालिम दिइसक्नुभएको छ । 

 

शुरुमा रु २० हजारबाट व्यवसाय थाल्नुभएकी रानाको पसलमा अहिले दिनहुँ थु्रपै ग्राहकको भीड लाग्ने गर्दछ । राना भन्नुहुन्छ, ँयस व्यवसायले महिलालाई काम पनि पुग्ने र आयआर्जन पनि बढाउने गरेको छ ।” यही व्यवसायबाट मासिक रुपमा रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् । 

 

चारु रानालाई पनि यस व्यवसायबाट दाम मात्र नभई फुर्सदको समय सदुपयोग भएको बताउनुहुन्छ । हातमा सीप भयो भने महिलालाई परनिर्भरमा सीमित रहन नपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ ँपढेर पनि जागिर पाइँदैन, हातमा सीप भयो भने त आत्मनिर्भर बन्न सकिने रहेछ ।” "व्यवसाय थालेको तीन वर्ष भयो कमाइ पनि राम्रै छ” उनले भने । 
 

लामो समयसम्म टेलर्सको काम गर्दै आउनुभएकी रामपुरकी तुल्सी खनाललाई यतिबेला काममा भ्याइनभ्याइ छ । उहाँ यस क्षेत्रकै टेलर्सको काममा अग्रपंक्तिमा चिनिनुहुन्छ । एकवटा मेशिनबाट व्यवसाय शुरु गर्नुभएकी खनालले अहिले घर जग्गा जोडिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, "काम राम्रो भयो भने व्यवसाय बढ्ने हो ।” काम गर्दै जाँदा सीप विकास बढ्दै जाने उनको अनुभव छ । 

 

अर्की महिला जुबिदा अन्जुमलाई पनि सिलाइकटाइले आत्मनिर्भर बनाएको छ । विगत सात वर्षदेखि व्यवसाय गर्नुभएकी अन्जुमले तीन जनालाई रोजगार दिँदै आउनुभएको छ । 

 

आफ्नै हातमा सीप छ भने एक महिनामा सजिलैसँग रु ५० हजारभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । दैनिकरुपमा राम्रो कमाइ गर्नसक्ने भएपछि धेरै महिलाले आम्दानीको स्रोत बढाउँदै गएका छन् । 

 

रामपुरको बजार क्षेत्रमा मात्रै ५० जनाभन्दा बढी महिला सिलाइकटाइ र दुई दर्जनभन्दा बढी महिला ब्युटिपार्लर व्यवसायमा संलग्न छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement