Advertisement
Advertisement
Advertisement
Advertisement

सीप सिकेर जीविकोपार्जन गर्दै मुक्तकमैया

  |      15:13:00   |  
सीप सिकेर जीविकोपार्जन गर्दै मुक्तकमैया

भदौ१३, धनगढी। अर्काको घरमा कमैया बसेर जीविका चलाउँदा सुन्दरी चौधरीले आफ्नो पनि पक्की घर बनाउन सकिएला भनेर कहिल्यै सोच्नु भएको थिएन । तर कमैयामुक्तिपछिको स्वतन्त्र जीवनमा गरिएको स्वरोजगारले उहाँको परिवारलाई अहिले पक्की घर बनाएर बस्ने हैसियतमा पुर्‍याइदिएको छ । 

 

कमैया बस्दाको समयमा केवल खेती सम्बन्धी काम सिकेका सुन्दरी र उहाँका श्रीमान् नरेश हाल डकर्मी काम गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । पतिको कामलाई सघाउँदै सुन्दरी पनि डकर्मीको काम सिक्दै हुनुहुन्छ । 

 

डकर्मीको काम गरेर उहाँहरुले आफ्नो पक्की घर समेत निर्माण गरिहनुभएको छ । "एउटा ठाउँमा पक्की घर चुनाइ गर्ने काम पाएकै बेला अर्को ठाउँमा घर निर्माणका लागि बोलावट भइहाल्छ,” श्रीमती सुन्दरीले भन्नुभयो । आर्थिक समस्याकै कारण कुनै समय विद्यालय पठाउनसक्ने अवस्थामा नरहेका उहाँका चार छोराछोरी अहिले पढ्न थालेका छन् । 

 

कैलालीको चौमालाका एक किसानको घरमा कमैयाको रुपमा विगतमा काम गरेका सुन्दरीको परिवार मुिक्तपछि धनगढीको पुरानो हवाई मैदानमा बसेका अन्य मुक्तकमैया परिवारसँगै अलग कच्ची घर बनाएर बसेको छ । धनगढीको पुरानो हवाई मैदानमा बसेका मुक्तकमैयालाई पुनःस्थापना जिल्ला समितिले प्रति परिवार पाँच धुर जग्गा उपलब्ध गराउने पहल थालेको छ । सोही ठाउँमा जग्गा पाइने विश्वासमा सुन्दरीसहितका पूर्वकमैया परिवार अहिले आफ्नो पक्की घर निर्माणमा लागेका छन् । 

 

पुरानो हवाई मैदानमा झण्डै ५० मुक्तकमैया परिवारको बसोवास छ । मुक्तिपछिका दिनमा स्वरोजगारमूलक काम सिकेर त्यसको उपयोग गर्दा भएको आम्दानीले पूर्व कमैयालाई जीविकोपार्जन गर्न सहज भएको हो । 

 

अर्का मुक्तकमैया गोपाल चौधरी किस्तामा विद्युतीय रिक्सा खरिद गरेर व्यवसाय गर्दै आउनुभएको छ । उहाँले रु चार लाखमा रिक्सा किनेर व्यवसाय गरिरहनुभएको छ । रिक्सा व्यवसायबाट भएको कमाइबाट उहाँले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनुभएको छ । मुक्तिपछि पूर्वकमैयालाई पुनःस्थापना गराउने क्रममा जिल्ला भूमिसुधार कार्यालयलगायतका सरकारी र गैरसरकारी संघ संस्थाले दिएको सीपको पूर्व कमैया अधिकांशले उपयोगमा ल्याउँदै कमाइ गर्न थालेका हुन् । 

 

भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले हालसम्म झण्डै चार हजार मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालीम दिइएकोमा करिब ७० प्रतिशतले आफ्नो सीपको व्यवहारिक सदुपयोग गरेको देखिएको बताउनुभयो । 

 

मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बंगुरपालन, कुखुरापालन, तरकारीखेती लगायतका विषयमा तालीम पाउने गरेका छन् । सीप सिकेपछि सिकर्मी डकर्मी सिलाइकटाइ सम्बन्धी कामको व्यवहारिक उपयोग गरेर पूर्व कमैयाले मनग्य आम्दानी गरिरहेको कठायतले बताउनुभयो । 

 

कैलालीमा पहिचान भएका आठ हजार ९०० मुक्तकमैया परिवारमध्ये अधिकांशलाई पुनःस्थापित गरिसकिएको छ । झण्डै छ सय परिवारलाई पुनःस्थापित गराउन बाँकी छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement