Advertisement
Advertisement
Advertisement
Advertisement

सीताको मन्दिरको दाँजोमा रामको मन्दिर किन उपेक्षामा !

  |      13:46:00   |  
सीताको मन्दिरको दाँजोमा रामको मन्दिर किन उपेक्षामा !

‏►बृजकुमार यादव

मङ्सिर २६, काठमाडौं । राम र जानकीको विवाहको पर्व मनाउन जनकपुरमा विवाह पञ्चमी महोत्सवको धुमधाम तयारी भइरहेको छ। तर यसपटक नजिकैको राम मन्दिरमा भने खासै चहलपहल देखिएको छैन।

 

राम मन्दिरस्थित महन्त भन्छन्, 'गुठी संस्थानले विवाह महोत्सव पर्वका लागि भनेर खर्च दिँदैन त्यही भएर यस्तो ठूलो पर्वका बेला पनि धुमधामको व्यवस्था गर्न सकिँदैन।'

 

हिन्दू धार्मिक विश्वासमा त्रेतायुगमा राम र जानकी भनेर पनि चिनिने सीताको विवाह भएको उत्सव मनाउने पर्वका बेला राम मन्दिरमा चहलपहल नदेखिनुलाई स्थानीय श्रद्धालुहरू ससुरालीमा भगवान रामको उपेक्षाु त भइरहेको छैन भनेर टिप्पणी गर्दैछन्।

 

'बजेट नै छैन'
यो वर्षको विवाह पञ्चमीका लागि रामको जन्मस्थान मानिएको भारत उत्तर प्रदेशको अयोध्याबाट साधुसन्तहरूको टोली सहितको जन्ती जनकपुर आइपुगेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसपालि विवाहमहोत्सवमा रामको जन्तीको नेतृत्व गर्दै आइपुगेका छन्।

 

भारतका विशिष्ट पाहुनको संलग्नतामा हुन लागेको महोत्सव आयोजनाका लागि आर्थिक अभाव हुनु दुस्खद भएको गुनासो गर्छन्, राममन्दिरका महन्त राम गिरी। जानकी मन्दिर जस्तै राम मन्दिरलाई पनि झिलिमिली बनाउन नचाहेको होइन, महन्त गिरिले भने, तर गुठी संस्थानले यहाँबाट लिएर जाने मात्र गर्छ, महत्त्वपूर्ण पर्व महोत्सवका लागि आवश्यक बजेट भने दिँदैन।

 

राम मन्दिर १२ सय वर्ष पुरानो रहेको बताइन्छ भने जानकी मन्दिर स्थापनाको ५ सय वर्ष भएको छ। राम मन्दिर राजगुठी अन्तर्गत रहेको छ। अत्यन्त महत्त्वपूर्ण सयौं विघा जग्गा गुठी तालुकको छ।

 

तर भगवान् राम मन्दिरमा भने विवाह उत्सवको तयारीसमेत केही गरिएको छैन। भारतबाट आउने सन्तमहन्तहरूलाई मन्दिर परिसरमा रहेका वृक्षमुनी कठ्याङ्ग्रिएर बस्नुको विकल्प छैन। तिलकोत्सव समारोह सोमवार राम मन्दिरमा आयोजना गरिएको थियो। अयोध्या र जनकपुरका सयौं श्रद्धालुहरू त्यसमा सहभागी थिए।

 

विवाह पञ्चमीको दिन राममन्दिरबाट जानकी मन्दिरमा जन्ती जानेछ। तिलकोत्सव समारोहमा जानकी मन्दिरबाट १ सय ८ भार राम मन्दिर गएको थियो। तर त्यहाँ तयारी खासै थिएन। मन्दिरसँग तयारिका लागि बजेट छैन। राम र महाबीर युवा कमिटीले मन्दिरका अन्य आयस्रोतमाथि कब्जा जमाएका छन्।

 

जन्तीहरू निराश
भारतबाट जन्ती आएका साधुसन्तहरू राम मन्दिरमा आयोजित तिलकोत्सवमा सहभागी हुँदा निराश जस्तै देखिए। उनीहरूले अपेक्षा गरे अनुरुपको तयारी नदेखेपछि खल्लो महसुस गरेको बताए। तर राम मन्दिरमा विवाह उत्सव जस्तो माहोल नदेखिएको श्रद्धालुहरू बताउँछन्।

 

राममन्दिरमा शोभा सुन्दर केही देखिएन, एक श्रद्धालु गीता क्षेत्रीले भनिन्, विवाह जानकीको मात्र होइन, रामको पनि हो। जनक दरवारमा उत्साह जस्तै दशरथ दरवारमा पनि उत्साह हुनुपथ्र्यो। राममन्दिरको सञ्चालन गुठीले गर्दै आएको छ।


गुठी संस्थानले महन्तलाइ जागिरेको रुपमा राखेर तलब, सुविधा उपलब्ध गराउँछ। राममन्दिरका महन्त गुठीको तलबी कर्मचारी मात्र हुन्, मन्दिरका एकजना साधुले भने, उनले आफ्नो चाहना अनुसार मन्दिरलाई साजसजावट लगायतका कार्यहरू गर्न सक्दैनन्। गुठी संस्थानको कार्यालय समेत रहेको राम मन्दिरको फुलबारीलाई समाप्त गरिएको छ। केही युवा कमिटीहरूले त्यहाँ मेलाको आयोजन गरी अवैध असुली गरे पनि गुठी मौन देखिन्छ। राम मन्दिर क्षत्रको पवित्रता समाप्त गरिएको छ। पवित्र पोखरी ढल बनेको छ । राम मन्दिरमा विवाह महोत्सवको आयोजन खल्लो रहेको भन्दै आलोचना भइरहेको बेला गुठी संस्थान धनुषाका प्रमुख मनोज शर्माले विधिविधानमा कुनै कमी नरहेको दावी गरे।

 

जानकी मन्दिर गुठी अन्तर्गत रहेकोले त्यहाँका महन्त नै सर्वेसर्वा हुन्, शर्माले भने, जानकी मन्दिरलाई प्रदेश, उपमहानगर लगायत विभिन्न निकायहरूबाट सहयोग प्राप्त हुन्छ। राममन्दिरलाई गुठी संस्थानले कानूनी परिधि भित्र रहेर मात्र सहयोग उपलब्ध गराउने भएकाले कमी हुनु अस्वभाविक नभएको शर्माले बताए ।

 

उपेक्षाको कारण
मिथिला सँस्कृतिमा ज्वाइँ विशिष्ट पाहुना मानिन्छन्। तर अहिले भगवान राम ससुरालीमा उपेक्षित देखिएका छन्। विवाह महोत्सवमा सहभागी हुन अयोध्याबाट ठूलो संख्यामा सन्तमहन्त लगायत विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरू आउँदै छन्। त्यस्तो अवस्थामा राममन्दिरलाई सुन्दरता प्रदान गर्न सकिएको छैन। राममन्दिर अन्तर्गतको अधिकांश जमिनहरू गुठीको मिलेमतोमा बिक्री भइसकेको छ। मठ मन्दिरहरूको संरक्षणका लागि बनाइएको गुठी यहाँका मठमन्दिरहरूको उपेक्षाको कारण बनेको छ। गुठी मातहतका अधिकांश मठमन्दिरहरूको अवस्था जीर्ण छ। जानकी मन्दिरलाई प्रदेश सरकारले साजसज्जाका लागि रकम उपलब्ध गराएको छ। काठमाण्डूस्थित भारतीय राजदूतावासले पनि सहयोग गरेको देखिन्छ। तर राम मन्दिरलाई त्यस्तो कुनै सहयोग प्राप्त हुँदैन। मन्दिरको अधीनमा रहेका पसलहरूको भाडा पनि गुठीले नै असुल गरेको महन्त गिरीको दुखेसो छ ।

बीबीसी न्यूज नेपाली


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement