Advertisement
Advertisement
Advertisement
Advertisement

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट

  |      14:16:00   |  
web imege
web imege

पुस १०, काठमाडौं । कमलामाई नगरपालिका -४सिन्धुलीमा एक महिलालाई लेनदेनको विषयलाई लिएर पोलमा बाधेर निर्घात कुटपिट गरिएको छ ।

स्थानीय शारदा थापा माथि अमानवीय व्यावहार भएको सूचना प्रहरीले पाएपछि प्रहरी एसपी राजकुमार सिलवाल नेतृत्वको टोली घटना स्थलमा पुगी बाँधेर राखेको अवस्थामा हामीले उद्दार गरेर सेफ होममा राखेका छौं । त्यहाँबाट उनका श्रीमान सहित ७ जनालाई पक्राउ गरेका छौं भनी प्रहरीले बताए । उहाँ बेहोस अवश्थामा हुनुहुन्थ्यो । शरीरमा निलडाम थिए ।

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।

तर, त्यसपछि उनको मोबाइल समेत अफ भएको थियो । ‘उजुरी गलत रहेछ कि क्या हो भन्ने भइरहेको थियो, अरु माध्यमबाट बुझ्ने प्रयास गरिरहेका थियौं’, सिलवालले भने, ‘त्यहीबेला उहाँकी दिदी आएर कुटपिट गरिरहेको भनेपछि म आफैं त्यहाँ पुगेको थिएँ ।’

सिन्धुलीका एक प्रहरी अधिकृतका अनुसार, उनले अदालतमा गएर न्यायाधीश र अरुसँग भेटेर आफ्नो कुरा राख्ने बताएकी थिइन् । त्यसपछि श्रीमान् सन्तोष समेतले अदालत परिसरबाटै आफूलाई अपहरण गरेर लगेको उनको भनाइ थियो । ‘मैले काठमाडौं जान्छु भनेर रोइकराइ गर्दा पनि जबरजस्ती भ्यानमा हालेर लगेका थिए’, उनले भनेकी थिइन् ।

प्रहरीका अनुसार, यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेको बताउँदै प्रहरीले उनीहरुको विवरण खुलाएको छैन ।

एसपी सिलवाल भन्छन्, ‘अदालतबाट म्याद थप गरेर सबैको विवरण सार्वजनिक गर्छौं, हामी यो विषयमा एकदमै संवेदनशील छौं ।’ स्थानीयका अनुसार, पक्राउ परेकाहरुले शारदालाई सम्बन्ध विच्छेदको मुद्दा फिर्ता गर्न दबाब दिएका थिए ।

‘उनको नाममा भएको सम्पत्तिबाट भए पनि असुल गर्छु भन्ने उनीहरुलाई परेको हुनसक्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘दुई जना छुट्टिएपछि पाइँदैन भनेर दबाब दिएको जस्तो देखिन्छ ।’ एसपी सिलवाल भने त्यसरी निर्घात कुटपिट गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताउँछन् । भन्छन्, ‘पीडित बोल्न सक्ने अवस्थामै हुनुहुन्थेन, अदालतबाट म्याद लिएर अब विस्तृतमा अनुसन्धान गर्छौं ।’सेतोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement