Advertisement
Advertisement
Advertisement
Advertisement

सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

  |      23:21:00   |  
सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

भदौ २८, काठमाडौँ । बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ । भ्वाइस अफ चिल्ड्ेरनले आज काठमाडौँमा आयोजना गरेको ‘सूचना, सञ्चार र प्रविधिको माध्यमबाट हुने बालयौन दुव्र्यवहार’ विषयको एक कार्यक्रममा इन्टरनेटबाट खेल खेल्ने र भाइबर, ट्वीटर, याहु, जिमेल जस्ता सामाजिक सञ्जालको प्रयोगले बालयौनजन्य घटना बढ्दै गएको बताइएयो । 

 

भ्वाइस अफ चिल्ड्ेरनका कार्यक्रम संयोजक कृति भट्टराईका अनुसार इन्टरनेटका माध्यमबाट कुनै पनि व्यक्तिले बालबालिकामाथि यौन आशय झल्किने गरी गर्ने गतिविधि सूचना/सञ्चारको माध्यमबाट हुने बाल यौन दुव्र्यवहार हुन् । 

 

उनले भने, ‘प्रविधिको गलत प्रयोग, सामाजिक सञ्चालमा नचिनेको व्यक्तिलाई साथी बनाउँदा, अनावश्यक फोटो तथा सूचना सन्देश पोस्ट गर्दा, पार्सवर्ड साथीलाई दिँदा, गोप्य तस्वीर, सूचना समाजिक सञ्जालमा राख्दा र अनावश्यक साइटहरु हेर्दा पछिल्लो समय धेरै बालबालिका बालयौन दुव्र्यहारमा पर्न थालेका छन् ।’ 

 

भ्वाइस अफ चिल्डेनले केही महिनाअघि काठमाडौँ उपत्यकाका ४०० बालबालिकामा गरेको सर्वेक्षणमा ७२ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रायेग गर्ने गरेको र त्यसमध्ये दुई तिहाईले तीनदेखि चार घण्टा सामाजिक सञ्जालमा बिताउने गरेको पाइएको थियो । यो सर्भे १० देखि १८ वर्षमुनिका बालबालिकामा गरिएको थियो । 

 

उक्त सर्वेक्षणमा धेरै बालबालिकाले अन्य वेबसाइट खोजी गर्दै जाँदा अश्लील साइट हेर्ने, साथीसाथीबाट यस्ता साइट हेर्न गरेको पाइएको थियो । कसैको दुव्र्यवहार परेका बालबालिकाले विभिन्न संकेतहरु देखाउने गर्छन् । 

 

बालबालिका सूचना/प्रविधिको दुव्र्यवहारमा परिसकेपछि पहिलेको तुलनामा कम इन्टरनेटमा बिताउने, इन्टरनेटको प्रयोग गोप्य तरिकाले गर्ने, नयाँ फोन नम्बर, इमेल ठेगानामा अत्यधिक मात्रामा सम्र्पक बढाउने, रुने, कराउने, बोल्न डराउने, बोल्दै नबोल्ने, धेरै बोल्ने, झगडा गर्ने, आक्रामक व्यवहार देखाउने, विद्यालय छाड्ने र पढ्न मन नगर्ने, खानपानमा अस्वाभाविक व्यवहार देखाउने र आफ्नो शरीरलाई घृणा गर्ने र आत्महत्याको प्रयास गर्ने जस्ता लक्षण देखाउने गर्छन् । 

 

यदि कसैले इन्टरनेटमा गलत नियतले गालीगलौज, दुव्र्यवहार वा धम्की दिएमा नजिकका विश्वासिला व्यक्तिलाई भन्ने वा पुलिसमा गएर उजुरी गर्ने गर्नुपर्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement