काठमाडौं । सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिँदै आएको छ । त्यसअन्तर्गत सानिमा बैंकको मुख्य कार्यालय नक्साल तथा देशभरिका ४५ शाखाबाट महिला ग्राहकलाई विशेष उपहार प्रदान गरिएको बैंकले जनाएको छ । उक्त योजना साउनभरि चल्नेछ ।
प्रत्येक नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक एक जनाका दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गरिनेछ । बैंकले ग्राहकलाई बचत खातामा वार्षिक ६ देखि ८ प्रतिशतसम्मको मासिक भुक्तानी हुने गरी उच्चतम ब्याज उपलब्ध गराउँदै आएको छ । ग्राहकलाई लक्ष्य गर्दै बैंकले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सामाजिक उत्तरदायित्वअन्र्तगत सानिमा बैंकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रम गरेको जनाएको छ ।