Advertisement
Advertisement
Advertisement
Advertisement

सात महिला सम्मानित

  |      19:53:00   |  
सात महिला सम्मानित

फागुन २३, चिप्लेढुङ्गा । चेम्बर अफ कमर्श पोखराले विभिन्न क्षेत्रका सात महिलालाई आज यहाँ सम्मान गरेको छ । एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा चेम्बर पोखराले पर्यटनबाट इन्दिरा बराल, शिक्षाबाट उमा लामिछाने, सहकारीबाट कमलादेवी गिरी, उद्यमशीलताबाट राजकुमारी पन्थी, सञ्चारबाट नरमाया रसाइली, कलाकारिताबाट मिलन शेरचन र यातायातबाट ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान गरेको थियो । 


सो अवसरमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले लैङ्गिक विभेदको अन्त्य गर्न सके सभ्य समाजको निर्माण हुने बताउँदै महिला विकासको बाधक रहेका कानूनलाई संशोधन गरिने जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइराला र पुष्पा केसीले महिलाको श्रमलाई अर्थमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । 


चेम्बरका अध्यक्ष किसान सुनारले संस्थाले सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्दै लैङ्गिक समानताका लागि एकताबद्ध भएर हिंसाविरुद्धको अभियानमा सधैँ सहकार्य गर्ने बताउनुभयो । सोही अवसरमा उपाध्यक्ष गीता तिवारीको संयोजकत्वमा चेम्बर महिला उपसमिति गठन गरिएको छ । 


जननी सम्मान शुक्रबार महिलाद्वारा सञ्चाालित र महिला मात्रै कार्यरत रेडियो जननी ९०.६ ले श्रमिक महिला दिवसका अवसरमा पाँचौँ जननी सम्मान शुक्रबार दिँदैछ । 


उद्यमशीलता, स्वतन्त्रता र समानताको नारालाई आत्मसात् गर्दै स्थापना भएको रेडियोले विगतमा जस्तै समाजमा उत्कृष्ट योगदान पु¥याएका महिला समूहलाई ‘जननी अवार्ड –२०७५’ र गण्डकी प्रदेशमा रही विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका महिलालाई ‘जननी सम्मान–२०७५’ प्रदान गर्ने कार्यक्रम संयोजक एवं रेडियोका कार्यकारी निर्देशक सविता शेरचनले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement