Advertisement
Advertisement
Advertisement
Advertisement

सांसद ईश्वरी घर्तीमगरद्धारा शहीद मार्गलाई कालोपत्रे गर्न माग

  |      16:32:00   |  
web image
web image

माघ १८, काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद  मार्गको कालोपत्रे गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ४० वर्षअघि सुरु भएको सडकको समेत कालोपत्रे हुन नसकेको भन्दै दुःख व्यक्त गरिन् ।

 

‘दाङको घोराहीबाट रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै पूर्वी रुकुमको मैकोट जोड्ने २२० किलोमिटरको शहीद मार्गलाई ४० वर्षअघि सरकारले घोराही–होलेरी–चुनवाङ सडक खण्ड नाम दिई सुरु गरे पनि अझैं कालोपत्र हुने सकेको छैन’, उनले भनिन्, ‘सोही खण्डसँग जोडिएको २७ किलोमिटरको होलेरी–स्वर्गद्वारी सडकलाई पनि सरकारले २२ वर्षदेखि सुरु गरे पनि कालोपत्रे भएको छैन ।’


तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वको समयमा जनश्रमदान गराएर यो सडकको केही भाग निर्माण भएको थियो । त्यसपछि यसलाई शहीद मार्ग समेत भनेर चिनिन थालेको छ ।

 

रोल्पाभर अहिलेसम्म जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको भन्दै उनले रोल्पालीले कहिले सहज सडकमा यात्रा गर्न पाउँछन भनेर प्रश्न समेत गरिन् । ‘रोल्पाभरि हालसम्म ६० किलोमिटर सकड मात्रै कालोपत्रे भएको छ’, सांसद घर्तीमगरको प्रश्न छ, ‘बाँकी जोखिमपूर्ण सडकबाट कालेपत्रे भएको सडकमा यात्रा गर्न रोल्पालीहरुले अझै कति दशकसम्म पर्खिनुपर्ने हो ?’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement