साउन ३१, बैतडी । सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाँउपालिका–६ सित्तडकी गोमती जोशी छिन् । सोमबार राति भैसीलाई घाँस हाल्ने बेला गोमतीलाई सर्पले टोकेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिए ।
उपचारका लागि स्वास्थ्य चौकीमा लैजाने तयारी हुँदाहुँदै राति नै उनको मृत्यु भएको बताइएको छ । रासस