असार २१, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ ।
सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो वर्षको अहिलेसम्म बढेर नौ पुगेको अस्पतालले जनाएको छ । वर्षा शुरु भएयता दैनिक ८÷१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निमित्त प्रमुख डा कृष्णप्रसाद आचार्यले बताउनुभयो
।
ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ, पश्चिम रुकुम र प्यूठानका साथै कर्णाली प्रदेश र प्रदेश नं ७ बाट समेत सर्पदंश भएका उपचारका लागि आउने गरेका छन् ।
अस्पतालले सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टिभेनम’ औषधि निःशुल्क उपलब्ध गराउँदै आएको अस्पताल प्रमुख डा आचार्यले बताउनुभयो ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...