Advertisement
Advertisement
Advertisement
Advertisement

अब २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने

  |      19:46:00   |  
तस्विर: एजेन्सी
तस्विर: एजेन्सी

काठमाडौं। सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ । सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा मदिराजन्य पदार्थको प्रयोग र वितरण पूर्ण रूपमा निषेध गर्ने नीतिमा उल्लेख छ । नीतिमा बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाइने व्यवस्था छ । फुटकर मदिरा किन्नेले एक दिनमा न्यूनतम एक लिटरभन्दा बढी खरिद गर्नसमेत बन्देज लगाइएको छ ।

 

सार्वजनिक क्षेत्र एवं कार्यस्थलनजिक मदिरा उत्पादन र बिक्री वितरण गर्न नपाउने व्यवस्था पनि नीतिमा छ । सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरन्जन स्थलहरू, निश्चित धार्मिक, पुरातात्त्विक, ऐतिहासिक स्थलहरू र सरकारले आवश्यक ठानेका अन्य स्थानलाई मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने भएको छ । मदिरा बोतलको न्यूनतम ७५ प्रतिशत भागमा यसको सेवनले भएको कलेजोको सिरोसिस, मुटुरोग आदिको चित्रसँगै ‘मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ’ जस्ता चेतावनीमूलक सन्देश हुनुपर्ने छ । यस्तै बोतलमा मदिरा उपभोग गर्ने अन्तिम मिति र यसको गुणस्तरसमेत उल्लेख गरिनुपर्ने छ । 

 

छापा, विद्युतीय सञ्चार माध्यम, इन्टरनेट, ईमेल, होर्डिङ बोर्डलगायत कुनै पनि सञ्चारमाध्यम वा तरिकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रवद्र्धन, बजारीकरण गर्न नपाइने व्यवस्था नीतिमा गरिएको छ । यस्ता सूचना, चित्र, सन्देश, सामग्री, विज्ञापन, प्रायोजन मात्र नभई समाचार प्रकाशन र प्रसारण कार्यलाई समेत निषेध गरिएको छ । नीतिमा चलचित्र, टेलिफिल्म, नाटक जस्ता कुनै पनि मनोरञ्जनात्मकरसमाचारमूलक वा प्रायोजनात्मक श्रव्यदृश्य कार्यक्रममा कलाकारको प्रयोग वा ब्रान्ड, लोगो अन्य परिचय झल्कने गरी मदिराको प्रवद्र्धन हुने गरी अभिनय वा विज्ञापन वा प्रचारप्रसार गर्नसमेत निषेध गरेको छ। 

 

‘मदिरा नीतिमा भएको व्यवस्था कार्यान्वयन, अनुगमन र कारबाहीका लागि स्थानीयस्तरमै छुट्टै संरचना र सञ्जालसमेत निर्माण गरिने छ,’ स्वास्थ्यमन्त्री गगन थापाले कान्तिपुरसँग भने, ‘यो नीति लागू भएर मदिरा नियन्त्रण हुँदा नसर्ने रोगले हुने मृत्युदर र स्वास्थ्य जटिलतामा उल्लेख्य कमी आउने छ ।’ मृगौला, मुटु, कलेजोका रोग तथा क्यान्सरजस्ता नसर्ने रोगको उपचारमा बर्सेनि अर्बौं खर्च हुने गरेको बताउँदै उनले भने, ‘क्षणिक लाभका लागि मदिरा, चुरोट आदिबाट आउने करलाई बढी महत्त्व दिने स्थिति समाप्त गर्नुपर्छ । मदिरा र चुरोटको करबाट सरकारले जति कमाउँछ त्योभन्दा बढी यसले जन्माउने रोगको उपचारमा खर्च हुने गरेको छ ।’ विश्वभरि नै २० देखि ३९ वर्षको उमेर समूहमा हुने कुल मृत्युको २५ प्रतिशत मदिराले गर्दा हुने विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को तथ्यांक रहेको पनि उनले बताए । 

 

 

यो नीति कार्यान्वयनका लागि कानुनको मस्यौदा बनाउने कामसमेत सुरु भइसकेको छ । स्वास्थ्य मन्त्री थापाका अनुसार करिब एक महिनाभित्र उक्त कानुनी व्यवस्थालाई संसद्मा पुर्‍याइने पनि थापाले बताए । नीतिमा गर्भवती महिलालाई मदिरा खरिद बिक्री र सेवन गर्नसमेत निषेध गरिएको छ । यस्तै, बालबालिका र महिलालाई बलजफ्ती मदिरा खुवाउन नपाइने पनि उल्लेख छ । नीतिमा कुनै पनि मदिरा उत्पादन गर्ने कम्पनीले उत्पादन गरेको गुणस्तरहीन मदिरा सेवनबाट उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या आएको वा मृत्यु भएको प्रमाणित भए उत्पादकको उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउनुका अतिरिक्त क्षतिपूर्तिसमेत भराइने व्यवस्था गरिएको छ । मुटु, कलेजो र विभिन्न प्रकारको क्यान्सरको मूल कारण मदिराको हानिकारक सेवन रहेकाले सरकारले यसलाई नियन्त्रण गर्न मदिरा नीति ल्याएको हो । 

 

 

डब्लूएचओका अनुसार बर्सेनि विश्वभरिमा ३३ लाखको मृत्यु मदिराको हानिकारक उपयोगले गर्दा हुन्छ । यो संख्या विश्वभरि हुने समग्र मृत्युको ५।९ प्रतिशत हो । मदिराको हानिकारक उपयोग दुई सय रोग र चोटपटक हुने अवस्थाको कारक हो । विश्वव्यापी रूपमा हुने ५।१ प्रतिशत रोग र चोटपटकको जिम्मेवार मदिरा सेवनलाई मानिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement