Advertisement
Advertisement
Advertisement
Advertisement

सच्याइएको ऐन : संशोधनको माग

  |      11:15:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ६, काठमाडौं ।  मुलुकी ऐन नयाँ संस्करणले मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको भन्दै संशोधनको माग गरिएको छ । 

 

क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले  आयोजना गरेको ‘मुलुकी ऐन नयाँ संस्करण, मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा’ विषयको अन्तरक्रियाका वक्ताले ऐन संशोधन गर्न माग गरेका हुन् । 

 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले ऐन संशोधनको माग गर्दै भने, “सर्वोच्च अदालतबाट रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा बोकेको मेरो गाडीलाई अदालत परिसरभित्र नै प्रहरीले शिल ग¥यो र उनलाई प्रहरीमा बुझाउन बाध्य तुल्याइयो ।” 

 

नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले प्रजातन्त्रमा स्वतन्त्रता नै सबैभन्दा ठूलो भएको भन्दै ऐनको तुरुन्तै संशोधन हुनुपर्ने बताए । पत्रकार नरेन्द्रजङ्ग पिटरले ऐन लागू भएपछि पत्रकारले बोल्दा मुख थुन्नुपर्ने तथा लेख्दा कलम भाँच्नुपर्ने अवस्था आएको बताए । मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले जनताको आवाज बन्द गर्ने नियतले ऐन ल्याएको आरोप लगाउँदै संशोधनको माग गरेकाछन् । 

 

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनको संहिताको २९३ देखि ३०८ सम्मको दफा सच्याउनुपर्ने माग गरे । उनले नेपाली नागरिक तथा पत्रकारको अधिकार कटौती गरिएको भन्दै सबै मिलेर कडा आन्दोलन गरेनौं भने नेपालमा पत्रकारिता नरहने बताए । 

 

पत्रकार महासङ्घका पूर्वसचिव प्रभात चलाउनेले यही भदौ १ देखि लागू भएको ऐनले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको बताउँदै ८० प्रतिशत जङ्गबहादुरकालका दफा रहेको यो कानून प्रेसप्रति कठोर भई खोज पत्रकारिता गर्न समस्या हुने बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement