Advertisement
Advertisement
Advertisement
Advertisement

संसारका सबै बालबालिका खुशी रहनुपर्छ

  |      13:40:00   |  
संसारका सबै बालबालिका खुशी रहनुपर्छ

काठमाडौं । मार्च २० का दिन विश्वभर बाल रंगमञ्च दिवस मनाउने क्रममा नेपालमा पनि मनाइएको छ । सुनधारास्थित नाटकघर थिएटर मलमा जर्मनीबाट आएका रंगकर्मीको क्लाउन शोको साथमा नेपालमा बाल रंगमञ्च दिवस मनाइएको हो । 

 

बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो दिवस मनाइएको हो । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको नेपाल च्याप्टर आसितेज नेपाल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले क्लाउन शो र औपचारिक कार्यक्रम गर्दै यो दिवस मनाइएको हो। 

सोमबार थिएटर मल नाटकघरमा बालसाहित्यमा संलग्न, तथा विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावकमाझ जर्मनीबाट आएका अन्तर्राष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डर्स’को क्लाउन नाटक देखाइएको थियो । विश्वभर विभिन्न १४ समूह रहेको यस नाट्य संस्गा क्लाउन विथआउट बोर्डर्सको एक समूह नेपाल भ्रमणमा छन् ।

संसारका सबै बालबालिका खुशी रहनुपर्छ भन्दै उनीहरुले मनोरञ्जक क्लाउन तयार पारेका क्लाउनका निर्देशक तथा कोरियोग्राफर सोनियाले बताइन् । त्यस्तै क्लाउन नाटकमा टोनी –फिलिप), सुसी (केला), अर्नी (फ्ल्प्स), ब्रिगिड (बेला)ले ले रमाइलो कथात्मक क्लाउन देखाएका थिए ।

 

बाल कलाकार अरविन खड्कालाई नै प्रमुख अतिथि बनाएर सुरु गरिएको कार्यक्रममा उनले छोराछोरीलाई नाटकघर लैजाने बानी बसाल्न आग्रह गरे । उनले थिएटर मलमा कार्यशाला लिई नाटक तथा फिल्म जात्रामा अभिनयमा गरेका छन् । 

 

कार्यक्रममा नेपाली बालसाहित्यका पिता शान्तदास मानन्धर तथा थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कथा सुनाएका थिए । आजैको दिन विश्वभर कथावाचन दिवस पनि मनाइने गरिन्छ । 

 

त्यस्तै आसितेज नेपालका अध्यक्ष दिपर्शन जंग राणाले बालबालिकामा बाल रंगमञ्चले पार्ने प्रभावको बारेमा बताएका थिए । उनले आसितेज नेपालका गतिविधिहरु जनकारी गराउँदै यो साताभरी ‘प्रदर्शन साता’का रुपमा मनाउने जनाए । थिएटर मलका प्रवन्ध निर्देशक इलिना नकर्मीले यस अवसरमा चैत १९ देखि बालबालिकाका लागि अभिनय कार्यशाला हुने जनाए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement