Advertisement
Advertisement
Advertisement
Advertisement

शैक्षिक क्षेत्रमा अव्वल महिलालाई आर्थिक रुपमा सवल हुन् गाह्रो छैन्

शैक्षिक क्षेत्रमा अव्वल महिलालाई आर्थिक रुपमा सवल हुन् गाह्रो छैन्

फागुन २९, काठमाडौं । नेपाल टेलिकम बबरमहल कार्यलयको सेल्स शाखामा कार्यरत कर्मचारी सबै महिला मात्र छन् । झर्को नमानि हसिलो मुहारमा सेल्स शाखाको सेवा दिइरहेका महिला कर्मचारीका योे दृष्य रहर लाग्दो देखिन्छ । उक्त शाखामा सेवा लिन जाने जो कोहीले महिला कर्मचारीले प्रदान गर्ने सेवा तथा उनीहरुको कार्यशैली देखेर खुशी भाव प्रकट गर्छ नै । भान्सको काम, परिवारको व्यवस्थापन भ्याएर पनि आम नागरिकलाई दुरसंञ्चार अन्तर्गतको सेवा प्रदान गर्ने दैनिकलाई उत्सुक्ताका साथ निभाइरहेका यस्ता कामकाजी महिलाहरुको  संख्या पछिल्लो समय नेपालमा बढोत्तरी भइरहेको छ । उसो त नेपालको राष्ट्रपती नै महिला भएको बेला महिलाहरुको संख्या बढ्नु स्वाभाविकै हो भन्ने देखिएपनि चुलो चौकोमा व्यस्तिने कामकाजी महिलाहरुको संख्या बढ्नु समाजकै लागि प्रेरणादायी कुुरा पनि हो । यस्तै पिछडिएका महिलाहरुको संख्या कम नभएपनि यस्ता उदाहरणहरुले पछिल्लो समय नेपाली समुदायमा महिलाहरु शसक्त भइरहेको पुष्टी गर्छ ।

 

किशोर अवस्थामा अहिलेको जस्तो समय र मौका नपाएको मनमा अनेकन गुनासाहरु  भएपनि घरदेखि अफिससम्मको काम भ्याएर आफ्ना सन्तानलाई उनीहरुले चाँहे जस्तो शिक्षा दिएर लक्ष्यमा पुर्याउन सक्नु भनेको एउटी महिला पूर्ण रुपमा सफल हुनु हो भन ठान्छिन्, सिता विश्वकर्मा । परिवारका सबैले कामलाई बुझेर व्यवहार गर्ने भएकाले उनलाई खासै समस्या छैन् । नेपाल टेलिकम बबरमहल कार्यलयको सेल्स शाखामा कार्यरत सिता उनको रुचिको क्षेत्र टेक्निकल पार्ट हेर्ने भएकाले काममा निकै खुशी छिन् ।  टेक्निकल काममा चुनौती हुने भएपनि काम गर्दा उनी रमाएर गर्छिन् । समाजमा महिलाहरुले अफिसको काम प्रभावकारी हिसाबले गर्न सक्दैनन् भन्ने गरेको प्रसंग जोड्दै उनी भन्छिन्, क्षमता भए महिलाले असाध्यै राम्ररी काम गर्छन् । अबका दिनमा महिलाहरुले उत्कृष्ट ढंगले घरको र अफिस दुवैतिरको काम गर्न सक्छन् । शैक्षिक क्षेत्रमा अव्वल महिलालाई आर्थिक रुपमा सवल हुन कुनै समस्या हुँदैन् भन्छिन्, सिता विश्वकर्मा ।

 

यस्तै सोही शाखामा सिनियर असिसटेन्सको रुपमा कार्यरत अन्जु जोशी भने अफिसको कामसँगै परिवारमा सबै कुरा मिलाउन अप्ठेरो नै पर्ने गरेको उनको भोगाइ छ । महिलाले नै घरको कामदेखि सन्तानका लागि बढी जिम्मेवार वहन गर्नुपर्ने भएकाले दैनिकीमा केहि गाह्रो नै हन्छ भन्छिन्, अन्जु । घरको व्यवस्थापन गर्न पुरुष पनि उत्तिकै जिम्मेवार र व्यस्त हुने भएपनि तुलनात्मक रुपमा महिलालाई बढी कामको जिम्मेवारी दिने अन्जुको तर्क छ । तर आर्थिक र शैक्षिक रुपमा सवल महिलाहरुलाई भने घर परिवरले हेर्ने दृष्टिकोण फरक हुने गरेको उनको बुझाई छ । दुई सन्तानकी आमा अन्जु भन्छिन्, महिलाहरुलाई शिक्षा र आर्थिक रुपमा सशक्त बन्ने कुरामा परिवार र समुदायको फराकिलो दृष्टिकोण विकास हुन धेरै आवश्यक भएको उनी बताउँछिन् । सोही शाखाकी अर्की कर्मचारी भवानी बजगाँई सामाजिक चेतनाकै कारण पछिल्लो समय महिलाहरुको काममा पुरुषले  सहयोग गर्न थालेको र कामको सवालमा अफिस होस वा घर आफ्नो जिम्मेवारी पूर्ण रुपमा  वहन गर्न सक्ने महिलाहरु निकै सफल हुँदै गएको बताउँछिन् ।

 

नेपाल टेलिकम बबरमहल कार्यलयको प्रमुख रश्मि कुँवर पनि महिला नै भएकाले यहाँका महिला कर्मचारीलाई काम गर्न अझ सहज वातावरण भएको बजगाँईको अनुभव छ । कुँवरका कारण काम गर्ने कर्मचारीमा थप हौसला र प्रेरणा मिल्ने भएकाले कर्मचारीलाई कार्यलयमा समेत अभिभावक पाएको महसुस हुन्छ । तथापि, पढेलेखेका महिलाहरुलाई काम गर्दा अलिक बढी अपजस र हेयाएर बोल्ने गरेको उनले अन्यत्र सुन्ने गरेको बताइन् । महिलाहरुले काम गरेर खान गाह्रो छ भन्ने खालका टिक्का टिप्पणी सुन्नमा आइरहने भएपनि पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरु दरिएर काम गर्न सक्छन् भन्ने धेरै उदाहरण छन्  । यसै प्रसंगलाई जोड्दै भवानी भन्छिन्, 'काम गर्ने क्षमतावान महिला पुस्ता र आउँदो नयाँ पुस्तालाई उनीहरुको शैक्षिक र आर्थिक सवल पक्षले शिखरमा पुर्याउँछ । यसकारण महिलाहरुका लागि आधा अधिकार भन्दा पनि शिक्षा र अवसर चाहिएको छ ।' आफ्नो क्षमतालाई चिनेर अघि बढ्न कुनै वादले बाटो छेक्न सक्दैन् र शैक्षिक क्षेत्रमा अव्वल महिलालाई आर्थिक रुपमा सवल हुन् गाह्रो छैन् भन्ने एउटा गतिलो उदाहरण हो नेपाल टेलिकम बबरमहल कार्यलयको सेल्स शाखामा कार्यरत महिला कर्मचारीको दृष्य।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement