Advertisement
Advertisement
Advertisement
Advertisement

शिल्पी थिएटरको मञ्चमा उभिएका २६ युवतीले खुलेर आफ्ना यौनांगका विषयमा कुरा गरे

  |      18:15:00   |  
शिल्पी थिएटरको मञ्चमा उभिएका युवती
शिल्पी थिएटरको मञ्चमा उभिएका युवती

काठमाडौं। ‘म फूलजस्तै हुँ । सुस्तरी, नरम र कोमल मनोभावको स्पर्शले मेरो विश्वास जित ।
अनि मात्रै तिमी मभित्र पस्न सक्छौ । नभए ‘नो मिन्स नो ।’ 

कालो र रातो पहिनमा सजिएका २६ युवती मञ्चमा एकनासले उभिएका थिए । उनीहरूले पालैपाले आ–आफ्नो एकल अभिनयमार्फत अंग्रेजी संवादमा माथिका यस्तै भाव अपिल गरिरहेका थिए । महिला माथि हुने हिंसाविरुद्ध रहेक वर्ष नारा, जुलुस र भाषण गरेर खबरदारी गर्ने गरिन्छ । तर, आइतबार बत्तीसपुतलिस्थित शिल्पी थिएटरको मञ्चमा उभिएका २६ युवतीले खुलेर आफ्ना यौनांगका विषयमा कुरा गरे । 

 

लाज, डर र संकुचित मानसिकतामा हिंसाले बढवा पाउने उनीहरूको बुझाइ छ । त्यसैले जति समाज खुला विचारले सञ्चालित हुन्छ तब मात्रै नारीप्रति हेरिने नजर पनि फराकिलो हुन्छ । उनीहरूले यही मान्यताका साथ शिल्पीमा ‘भजाइना मोनोलग’ थिममा अभिनय पस्केका थिए । ‘हाम्री बहिनी’ ले गरेको कार्यक्रम– अन्तर्गत उनीहरूको अभिनयले सामाजिक चेतनामा इँट्टा थपेको महसुस हुन्थ्यो । नाटक निर्देशन गरेकी थिइन्, विभीषिका भण्डारीले । उनी महिलाको यौनिक अधिकार उसैसँग हुनुपर्छ भन्ने धारणा राख्छिन् । ‘भजाइना मोनोलग’ अमेरिकी लेखक इभ इन्सलरले लेखेकी हुन् ।

 

यसलाई अन्तर्राष्ट्रिय अभियानकै रूपमा हरेक वर्ष संसारभर मञ्चन गरिँदै आएको छ । ‘भजाइना मोनोलग’ मा हरेक समुदाय, वर्ग र उमेरका महिलाले आफ्नो यौनइच्छा, यौनांगको महत्त्व र अधिकारबारे निर्धक्क भन्ने गर्छन् । गतवर्ष पनि गरिएको नाटकलाई अर्को वर्ष नेपाली भाषामा काठमाडौ बाहिरका जिल्लामा प्रदर्शन गर्ने योजना बनाएको विभीषिकाले सुनाइन् । करिब दुई घन्टा लामो नाटकमा २६ जना युवतीले एकल प्रस्तुति दिएका थिए । घरभित्र, कार्यालय क्षेत्र, अस्पताल, विद्यालय, यातायात क्षेत्र, बाटोलगायतका क्षेत्रमा महिलालाई गरिने यौनर्दुव्यवहारको सन्दर्भहरू उनीहरूको प्रस्तुतिमा थियो । नाटकमा यौनांग सुरक्षित र स्वस्थ्य राख्नसमेत चेतनामूलक जानकारी दिइएको थियो । 

 

देहव्यापार गर्ने महिलाको समेत यौनअधिकार उनैसँग हुनुपर्ने बोल्ड सन्देश नाटकले दिएको थियो । खचाखच भरिएको दर्शकले उनीहरूको विचारलाई सम्मानका साथ ताली बजाएर समर्थन जनाएका थिए । इच्छाबिनाको सम्बन्धले पीडा र हिंसा दिन्छ भन्ने नाटकको मूल सार थियो । ‘पत्नीले आफ्नै पतिसँग यौनसम्बन्ध राख्दा अनुमति चाहिन्छ’, ‘छोटो स्कट लगाउँदैमा यौनको अपिल गरिएको हुँदैन’, ‘हाँसेर बोलेको भरमा युवतीलाई चरित्रहीनको उपमा दिन पाइँदैन’ जस्ता आवाज नाटकका पात्रले जोडदारका साथ उठाएका थिए । समाजमा संकुचित धारणाले नारी स्वतन्त्रता खुम्चिएको तीतो यर्थाथ नाटकले पस्केको थियो । नाटकमा नीतिका त्रिपाठीको बोल्ड अभिनयले दर्शकको ध्यान तान्यो । उनले बिनालाज र हिचकिचाहट यौन के हो रु यसको महत्त्व र गरिने तरिकासमेत अभिनयमार्फत प्रस्टयाइन् । तीन दिनदेखि मञ्चन गरिएको नाटक आइतबार सकियो । कान्तिपुरमा प्रकाशित लेख ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement