Advertisement
Advertisement
Advertisement
Advertisement

वैदेशिक रोजगारीमा गएकाले घरमा सम्पर्क नगर्दा परिवारमा विचल्ली

  |      15:48:00   |  
वेब तस्विर
वेब तस्विर

असार ११, जनकपुरधाम ।  धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन् । सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन् । 

 

यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम गर्दा गाउँहरूले अनैतिक सम्बन्धको आरोप लगाएपछि उनले आत्महत्या गरेदेखि छोरी पुनिता टुहुरो भएकी छिन् । पुनिता भन्छिन्– “म र भाइ गाउँलेसँग बिन्ती गर्छौं, प्रशासनसँग बाबुको अवस्थाबारे बुझिदिन अनुरोध गर्छौं तर कसैले पनि हाम्रो गुनासो सुन्दैनन् ।” हामीसँग बाबुको नागरिकता वा अन्य कागजपत्र नभएकाले जन्मदर्ता हुन सकेको छैन, विद्यालयमा नाम लेखाउन नसकेकाले पढाइबाट समेत वञ्चित भएको उनी बताउँछिन् । 

 

पुनिता अहिले १३ वर्षकी छिन् । उनलाई आफ्नो घरमा बस्नसमेत दिइएको छैन, मामाघरमा बस्दै आएकी छन् । बाबु विदेश जाने क्रममा जग्गा घितोमा राखी ऋण लिएको र ऋणको भार अधिक भएपछि साहुले जग्गामा अधिपत्य कायम गरेको पुनिताले बताइन् । 

 

वेदैशिक रोजगारीमा गएकाहरूले परिवारसँग सम्पर्क नगरेपछि अमानवीय घटनामा वृद्धि भइरहेको मनोपरामर्शदाता संगीता कर्ण बताउँछिन् । सुरक्षित आप्रवासन परियोजना र मित्र धनुषाका अनुसार यस जिल्लाबाट वैदेशिक रोजगारी गएकाको मृत्यु हुनेकोे संख्या पनि बर्सेनि बढ्दै गएको छ । सन् २०१२ देखि २०१६ सम्ममा यस जिल्लाबाट वैदेशिक रोजगारी गएकामध्ये १९९ जनाको मृत्यु भएको छ । 

 

यस जिल्लाबाट विशेषगरी मलेसिया, कतार, ओमान र साउदीमा रोजगारीमा जाने गरेको पाइन्छ । तथ्यांक अनुसार धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धि भइरहेको देखिएको छ । परियोजना प्रमुख रामकुमार कर्ण आर्थिक वर्ष २०७० देखि २०७४ सालसम्ममा यस जिल्लाबाट एक लाख १६ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएको बताउनुहुन्छ । 

 

यस जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धिसँगै दलाल र कम्पनीबाट ठगिने गरेको घटना पनि बढ्दै गएको छ । परियोजनाका प्रशिक्षक देवकुमार मण्डल परियोजनाले व्यक्तिगत सूचना तथा परामर्श दिने व्यवस्था गरेपनि अधिकांशले परामर्श र सूचना नलिई जाने प्रवृत्तिले दलाल र कम्पनीबाट ठगिने गरेको प्रस्ट गर्नुहुन्छ । 

 

म्यानपावर कम्पनिहरुले रोजगारीमा जानेहरुसँग अधिक रकम लिने, सम्झौताअनुसार काम नपाउने गरेको र जोखिमपूर्ण काम गर्नु परेकाले अधिकांश युवा शारिरीक र मानसिक तनाबका कारण समयसमयमा घर आउने, परिवारसँग सम्पर्क नगर्ने प्रवृत्ति देखिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement