Advertisement
Advertisement
Advertisement
Advertisement

विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान शुरु

  |      11:15:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ४,  मोरङ ।  विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकि छन् । 

कार्यभार सम्हालेको एक वर्षको छोटो अवधिमै ‘छोरी बचाऊ’ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपप्रमुखको योजना कार्यक्रम अन्तर्गत ‘छोरी पढाउ’ अभियान शुरु हुँदैछ ।

 महानगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका बालिकालाई लक्षित गरेर यो अभियान शुरु हुने उनले जानकारी दिइन् । एक वर्षकै कार्यकालमा जनताबीच निक्कै लोकप्रिय भइसकेकी कार्की कुराभन्दा काममा बढी विश्वास गर्छिन् । 

पछिल्लो यो घोषणाले उनको लोकप्रियता अझै चुलिएको छ । जनप्रतिनिधिले जनताबीच वाचा गरेका कतिपय कुरा पूरा गर्न नसकिरहेको बेला कार्कीको अग्रसरतामा भएका कतिपय कार्यले ठूलो सफलता प्राप्त गरेपछि उनलाई नगरवासीले भरोेसाको केन्द्रमा राखेका छन् ।

 ‘छोरी पढाउ’ अभियानअन्तर्गत दोस्रो सन्तानका रूपमा छोरीनै जन्माएमा उच्च शिक्षा हासिल गर्न महानगरले रु २५ हजार अग्रिम जम्मा गरिदिने भएको हो । 

उनले भनिन्, “पहिलो सन्तान छोरी भएको हुनुपर्छ र दोस्रो सन्तान छोरी भएर एक महिनाभित्रमै जन्म दर्ता गरेपछि महानगरले अध्ययन गर्नकै लागि रु २५ हजार जम्मा गरिदिन्छ । 

यो अभियान विपन्न परिवारलाई लक्षित गरेर ल्याइएको हो, उनले थपिन, “आर्थिक अभावले बालिका पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय राखेर उपप्रमुख योजना कार्यक्रम ल्याइएको हो ।” तर यसका लागि महानगरले शर्त पूरा गरेका अभिभावकलाई मात्र रु. २५ हजार नगद जम्मा गर्ने जनाएको छ । गर्भवती भएकाले बच्चा जन्मिनुअघि कम्तीमा सात पटक स्वास्थ्य जाँच गरेको हुनुपर्छ । 

कुनै पनि स्वास्थ्य संस्थामा जाँच गरेको प्रमाणपत्र पेश गरेपछि नगद रु २५ हजार जम्मा हुन्छ । सामुदायिक विद्यालयमा अध्ययन भएका बालिकालाई मात्र यो योजनाअन्तर्गतको रकम उपलब्ध गराइने उपप्रमुख कार्कीले बताइन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement