विराटनगर। उद्योग संगठन मोरङको आयोजनामा आज शुक्रबारदेखि विराटनगरमा दुईदिने तीज महोत्सव–२०७४ सञ्चालन हुँदैछ । महिला उद्यम समितिले उत्पादन गरेका वस्तुको वजार प्रवद्र्धन गर्ने उद्देश्यले यो मेला हुन लागेको हो ।
तीजको अवसर पारेर महोत्सवमा श्रृङ्गारका सामग्री, दैनिक उपभोग्य सामग्री, विभिन्न परिकार एवं आग्र्यानिक कृषि उत्पादन गरी ४० वटा स्टल रहने उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिए ।
यसैगरी महोत्सवमा विभिन्न जातजातिको वेशभूषा तथा संस्कृति झल्काउने पहिरन एवं सांस्कृतिक कार्यक्रम पनि आयोजना हुनेछ ।