Advertisement
Advertisement
Advertisement
Advertisement

विमान चार्टर गरेर गर्भवतीको उद्धार

  |      21:24:00   |  
वेब तस्विर
वेब तस्विर

►गङ्गराज पण्डित 

चैत १८, बाजुरा । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महीनाकी गर्भवती सेतु ल्वारको विमान चार्टर गरेर उद्धार गरिएको छ । जिल्लामा उपचार सम्भव नभएपछि सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज पठाइएको हो । 


सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा विमानको प्रबन्ध मिलाएर उद्धार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभयो । ल्वारलाई कोल्टी विमानस्थलबाट नेपालगञ्ज विमानस्थल हुँदै कोहलपुर मेडिकल कलेज पु¥याइएको हो । 


विशेषज्ञहरुसँगको परामर्शपछि सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले विमान चार्टर गरेर उद्धार गर्न अनुरोध गर्नुभएको हो । ल्वारको उच्च रक्तचाप, फोक्सोमा पानी जमेको र गर्भवती अवस्थामा हुने जटिल अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो । चार वटा छोरी जन्माइसक्नु  भएकी ४० वर्षीया ल्वार पाँचौँ सन्तानका लागि गर्भवती थिइन् । कमजोर आर्थिक अवस्थाकै कारण समयमै उपचार गर्न नसकेको सेतुका श्रीमान् तुले ल्वारले बताउनुभयो । कोल्टीमा यतिबेला विशेषज्ञ शिविर चलिरहेको छ । 


जिल्लामा उपचार सम्भव नहुने सुझावपछि प्रदेश निर्वाचन क्षेत्र  बाजुराका प्रदेशसभा सदस्य बल्देव रेग्मी, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको पहल र सामाजिक विकासमन्त्रीको निर्देशनमा उद्धार सम्भव भएको हो । सामाजिक विकास मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका गर्भवती एवं विपद्मा परेका जटिल प्रकृतिका बिरामीलाई हेलिकप्टर र विमानबाट उद्धारका लागि एक करोड बजेट नै विनियोजन गरेको छ ।


तत्काल उपचार नगरिए ज्यान नै जोखिममा पर्ने र तुरुन्तै सघन उपचार कक्ष (आइसियु) मा राख्नुपर्ने अवस्था आएको खबरपछि सामाजिकमन्त्री कृष्णप्रसाद सुवेदीले आकस्मिक रुपमा विमान चार्टरका लागि निर्देशन दिनुभएको सुदूरपश्चिम प्रदेश मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुँवरले जानकारी दिनुभयो । हेलिकप्टर तत्काल उपलब्ध नभएपछि विमान नै व्यवस्था गरिएको कुँवरको भनाइ थियो । 


विमान चार्टरका लागि दुई लाखभन्दा बढी रकम मन्त्रालयले खर्च गर्नेछ । यसअघि पनि दुई बाजुरा र एउटा बझाङबाट बिरामीको हेलिकप्टर र विमानमार्फत उद्धार गरिसकिएको बताएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै पहाडी दुर्गम जिल्लाबाट यसै वर्षमा मात्रै चार जनालाई उद्धार गरिसकेको जानकारी दिएको छ । 


आफन्तले बिरामीलाई आइतबार बिहान मात्र बोकेर बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । नियमित गर्भजाँच नगरेको, शरीरलाई आवश्यक खाना नखाएको र स्वास्थ्यमा ख्याल नगरेको स्वास्थ्यकर्मीले बताएका छन् । विमानबाट उद्धार गरिएपछि आफन्त निकै खुशी भएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement