Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यालयका बालबालिकालाई शारीरिक तथा मानसिक सजाय

  |      15:26:00   |  
वेब तस्विर
वेब तस्विर
फागुन ३०, काठमाडौं । विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । 
 
 
साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा विद्यालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार पछिल्लो चार महीनामा विभिन्न सञ्चारमाध्यममा चार वटा शारीरिक सजायका घटना सार्वजनिक भएका छन् । यी सजायका घटनाबाट बालकमात्र पीडित भएको पाइन्छ । शारीरिक सजाय दिनेमा विद्यालय प्रधानाध्यापक (पुरुष) दुई जना, पुरुष शिक्षक दुई जना छन् । 
 
 
पिटाइ खानेमध्ये तीन बालकले गम्भीर खाले चोट पाएका छन् । साथै शारीरिक सजाय पाउने तीन बालक संस्थागत विद्यालयका छन् भने एक जना सामुदायिक विद्यालयका रहेका छन् । सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालयमा शारीरिक सजाय दिने प्रचलन बढी रहेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो । 
 
 
पछिल्लो पटक विभिन्न बहानामा विद्यार्थीबाट घटनासमेत बाहिर आइरहेका छन् । बालबालिकासम्बन्धी ऐन २०७५ मा ‘बालबालिकालाई कुटपिट गर्ने, तर्साउने, भयको वातावरणमा राख्ने र बालबालिकाको विकासमा अवरोध पु¥याउनु हुँदैन’ भनिएको छ । बाल अधिकार समितिका संयोजक कृष्ण सुवेदीले बालबालिकालाई अनावश्यक कुटपिट गर्ने शिक्षकलाई कानूनअनुसार कारवाही गर्नुपर्ने माग गर्नुभयो । 
 
 
सुवेदीले बालबालिकालाई सहजरुपमा शिक्षा दिने उद्देश्यले ‘माया मेरो अधिकार’ नामक अभियानसमेत सञ्चालन गर्दै आउनुभएको छ । संविधानको मौलिक हकमा नै बालबालिकाको अधिकारबारे उल्लेख गरिएको छ । समितिका अनुसार बाल यौन दुव्र्यवहार र बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बाल श्रम, बालबालिकाको बेचविखन तथा ओसारपसार, अपहरण, बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजाय, आत्महत्यालगायतका घटना बढ्दै गएका छन् । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement