असोज २८, काठमाडौं । वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले बताएकी छन् । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर डा.तिमिल्सनाले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि,कमजोर निर्यात,रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताएकी हुन् ।
डा. तिमिल्सिनाले पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फीतिमा दबाब कामय रहेको उनको भनाइ थियो । अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राको समेत अवमूल्यन भएको बताइन् । उनले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटेन्स बढेपनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिइन् ।
आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको डा.ढुङ्गानाले बताइन् । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९र०८० को मौद्रिक नीतिलाई सहजकता पूर्ण रुपमा कसिलो बनाई वाह्य क्षेत्र कसिलो कायम राख्नुपर्ने अवस्था रहेको ढुङ्गानाले बताइन् ।
जेठ १६,काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले...
फागुन १९, धनुषा । धनुषाको महेन्द्रनगर–८ सखुवानिवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले...
फागुन ९, काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई...
माघ १९, काठमाडौं । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक...
माघ १३, काठमाडौं । नयाँ वानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले सन...
माघ ११, काठमाडौं ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स...
माघ ९, धरान । सुनसरीनिवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना...
माघ ८, काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ...
पुष २७, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९ औं वार्षिक साधारण सभा आज मिति २०७९...