Advertisement
Advertisement
Advertisement
Advertisement

लैङ्गिक समानताले महिला गौरवान्वित

  |      18:10:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २४, काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलालाई शुभकामना दिनु भएको छ । आज उपसभामुख डा तुम्बाहाम्फे र उपाध्यक्ष दाहालले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै आम नारीको सुख, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ । 


उपसभामुख डा तुम्बाहाम्फेले राजनीतिक आन्दोलनबाट अन्तर्राष्ट्रिय महिला दिवस मनाउन शुरु गरिएता पनि हाल आएर यस दिनमा महिला अधिकार, सशक्तीकरण र समानताका सवालमा पनि बहस हुनथालेको बताउनुभएको छ । 


“सामाजिक, आर्थिक कारणले विश्वमा महिलामाथि हुने उत्पीडन फरक भए पनि अझै पनि धेरै समस्या साझा छन् । राजनीतिक अधिकारदेखि महिलामाथि हुने हिंसाका घटनाको प्रवृत्ति उस्तै छ । तर, विश्व मञ्चमा ढिलै भए पनि पछिल्लो दशक महिलालाई अधिकार सम्पन्न बनाउन र राजनीतिक अधिकार प्राप्तिमा भने नेपालमा उल्लेख्य प्रगति भएको छ”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ । संविधानले सुनिश्चित गरेको अंशीय वंशीय अधिकार व्यवहारमा कार्यान्वयन गर्न अहिले भइरहेका प्रयासमा आम महिलाको चासो सकारात्मक रहेको उहाँको भनाइ छ । 


यस्तै राष्ट्रियसभाका उपाध्यक्ष दाहालले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गर्दै सबै किसिमको विभेद अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माण गर्ने सङ्कल्प लिएको बताउनुभएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement