Advertisement
Advertisement
Advertisement
Advertisement

लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

  |      16:20:00   |  
वेब तस्विर
वेब तस्विर

मङ्सिर २५, धनगढी । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मूल नारासाथ आज औपचारिक रुपमा यहाँ सुदूरपश्चिम प्रदेश स्तरीय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान थालिएको छ । 

 

अभियानको क्रममा ‘लैङ्गिक हिंसा अन्त्य गर्न सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयमा आजै आयोजित अन्तक्र्रियामा सुदूरपश्चिम प्रदेशका स्थानीय तह, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रदेशसभा सदस्य र सांसद लगायत सहभागी हुनुहुन्छ । 

 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अभियानको शुभारम्भ गर्दै समाजलाई हिंसामुक्त बनाउन र सबै खाले विकृतिको अन्त्य गर्न सरकारले यो अभियान थालेको स्पष्ट पार्नुभयो । सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा सरकार लागि परेको भन्दै मन्त्री थापाले भन्नुभयो, “समाजमा सदियौँ देखिको व्याप्त विकृति विसङ्गति, सामन्ती सोच संस्कारको अन्त्य गर्नमा सबैले सघाउनु पर्छ ।” 

 

निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले सरकारलाई चिन्तित बनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कुनै पनि हालतमा निर्मला पन्तका हत्यारा छुट्न पाउँदैनन् ।” सांसद निरुदेवी पाल, प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रदेशसभा सदस्य तारालामा तामाङ, मन्त्रालयका सचिव बुद्धिबहादुर खड्कालगायतले पनि लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा बोल्नुभएको थियो ।

 

साविकमा जिल्लामा रहेका महिला बालबालिका कार्यालयले लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम गर्ने गरेकोमा यस वर्ष सरकारको निर्णयअनुसार छुट्टै देशव्यापी रुपमा यो अभियान चलाइएको मन्त्रालयका उपसचिव मिठू थापाले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement